५८औं जन्मदिनमै निरौलाको ‘जन्मभूमि’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १६ चैत्र मंगलवार
no img

चलचित्रमा नेपालीको सार्वभौमसत्ता र राजनीतिमाथि भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपाललाई उपनिवेशजस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथि धावा बोलेको छ । साथै, राष्ट्रियभावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, वाह्यहस्तक्षेप एवं जनजिवनका विविध पक्षलाई ‘जन्मभूमि’ मा देख्न पाइनेछ । यो एक शसक्त नारीप्रधान चलचित्र पनि हो ।

– एमपी सुब्बा

काठमाडौं । यसअघिका भन्दा यसपालीको चैत १९ गते बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाको विशेषदिन बन्दैछ । १९ चैतमा जन्मिएका निर्देशक निरौला निर्देशित चलचित्र ‘जन्मभूमि’ यसैदिन रिलिज हुँदैछ । त्यसैले निरौलालाई यतिखेर आफ्नो ५८औं जन्मदिन र चलचित्र ‘जन्मभूमि’ रिलिजको चटारोले एकैसाथ छोएको छ । ‘जन्मदिन त हरेक वर्ष मनाउँदै आएको हुँ’ लामो समयपछि आफू निर्देशित चलचित्र रिलिज गर्ने चटारोमा रहेका निरौलाले भने, ‘तर, हरेक जन्मदिनमा यसरी चलचित्र रिलिज गर्नु असम्भव छ । त्यसैले यसअघिका भन्दा फरक छ यसपटकको मेरो जम्नदिन ।’

janmabhoomi (2)
निरौलाले आफ्नो जन्मदिनको अवसर पारेर १९ चैतमा चितवनको देउघाटस्थित गलेश्वर आश्रममा रहेका साधुसन्तलाई भोजन गराउँदैछन् । आश्रमका साधुसन्तलाई केही वर्षयता उनले आफ्नो जन्मदिनमा भोजन गराउँदै आएका हुन् । यस वर्ष त्यसैलाई निरन्तरता दिएको निरौलाले बताए ।
‘जन्मभूमि’ रिलिज हुन अब एक दिनमात्र बाँकी छ । यो शुक्रबारदेखि दर्शकमाझ ‘जन्मभूमि’ आउँदैछ । हुन त निर्देशक निरौलाले आफ्नो चलचित्र ‘जन्मभूमि’प्रति धेरै अपेक्षा गरेका छैनन् । उनले भने, ‘चलचित्र हलसम्म पु¥याउँने जमर्कोचाहिँ गरेको छु । दर्शकले रुचाउँनु वा नरुचाउँने आफ्नै ठाउँमा छ ।’ ‘जन्मभूमि’ मा निरौलाकै लेखन पनि रहेको छ । चलचित्रमा उनले राष्ट्र स्वाभिमानको विषयलाई उठान गरेका छन् । त्यसैले उनी ‘जन्मभूमि’ लाई एक मौलिक नेपाली चलचित्र भन्न रुचाउँछन् । निरौलाकै भनाइअनुसार यो ‘जन्मभूमि’ हाल रिलिज भइरहेका चलचित्रभन्दा केही फरक छ । त्यसैले दर्शकको रोजाइमा पर्न पनि सक्छ, नपर्न पनि । तर, राष्ट्रियताको प्रेम गर्नेहरुका लागि यो एक विशेष चलचित्र हो ।

Janmabhumi (7)

चलचित्रमा नेपालीको सार्वभौमसत्ता र राजनीतिमाथि भारतले सदियौंदेखि गर्दै आएको हस्तक्षेप, सिमा अतिक्रमण, हालसालै गरिएको अमानवीय भारतीय नाकाबन्दी र नेपाललाई उपनिवेशजस्तो बनाउन खोज्ने भारतको दुस्प्रयासमाथि धावा बोलेको छ । साथै, राष्ट्रिय भावना, माटोका कुरा, सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, वाह्यहस्तक्षेप एवं जनजिवनका विविध पक्षलाई ‘जन्मभूमि’ मा देख्न पाइनेछ । यो एक शसक्त नारीप्रधान चलचित्र पनि हो ।

Janmabhumi (2)
चलचित्र क्षेत्रमा तीन दशकभन्दा बढी समय विताइसकेका निरौलाले यो चलचित्रमा यहाँसम्म आइपुग्दाको आफ्नो अनुभवलाई पस्केका छन् । निरौलाले भने, ‘मैले यसमा आफ्ना अनुभवलाई प्रयोग गरेर फिल्ममार्फत दर्शकलाई राष्ट्रियताबोध गराउने प्रयत्न गरेको छु ।’ त्यसो त करिब दुई दशकअघि पनि उनले ‘जन्मभूमि’ बनाएका थिए । तर, त्यो ‘जन्मभूमि’ र अहिलेको ‘जन्मभूमि’मा केही फरक भएको निरौलाले बताए ।

Janmabhumi (11)
यस चलचित्रमा निर्माण सुरज गिरी, कार्यकारी निर्माता लक्ष्मी शर्मा र सह–निर्माता कविता निरौला रहेका छन् । चलचित्रमा विनोद श्रेष्ठ, अनु शाह, निश्मा घिमिरे, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, रमेश अधिकारी, बिएस लामिछाने, सौगात विष्ट र मोहन निरौलाकै पनि शसक्त अभिनय हेर्न सकिन्छ ।
‘जम्नभूमि’ मा चेतन कार्की, पुण्य निरौला एवं शान्तिप्रियले गीत लेखेका छन् । युवराज राईको छायांकन, शंकर बिसीको नृत्य निर्देशन, बिपिन मल्लको सम्पादन र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

Comments