आयो अडियो ‘उहिले बाजेको पालामा’
screennepal
प्रकाशित: २०७२, १५ चैत्र सोमबार
no img

काठमाडौ । नेपाली संस्कृति र मौलिकता झल्काउँने कथामा तयार पारिएको चलचित्र ‘उहिले बाजेको पालामा’ को अडियो तथा प्रोमो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमबीच चलचित्रका कलाकार तथा पत्रकारको उपस्थितिमा अडियो सार्वजनिक गर्दै प्रदर्शन मिति समेत तोकिएको छ । यो चलचित्र २४ बैशाखमा रिलिज हुने भएको छ ।

IMG_4820
कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्रमार्फत नेपाली मौलिकता हेर्न पाइने भएकोमा खुसी ब्यक्त गर्दै सफलताको शुभकामना दिए । बसन्त जीएमको निर्देशन रहेको यस चलचित्रमा बिपिन आचार्यको संगीत, हरि नारायण चौधरीको छायांकन र भरत क्षेत्रीको द्धन्द्ध रहेको छ । सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रमा दिलिप रायमाझी, खुश्बु खड्का, गणेश वेल्वासे, सपना रोका, रविन्द्र आचार्य, माधव पण्डित, कमल गाउँले, नविन श्रेष्ठ, मिउन जिरेललगायतको मुख्य भूमिका छ ।

Comments