रक्सीका कारण सुशान्त–अंकिता ‘ब्रेकअप’
screennepal
प्रकाशित: २०७२, १५ चैत्र सोमबार
no img

मुम्बई । अभिनेता सुशान्त सिंह राजपूत र अभिनेत्री अंकिता लोखंडे पछिल्लो केही दिनयता मिडियाका हेडलाइन्समा छाइरहेका छन् । अधिंकाश भारतीय मिडियाले अहिले यी दुईको ‘ब्रेकअप’ को चर्चा छ । सुशान्त र अंकिताले भने यसबारे केही बोलेका छैनन् । तर, उनीहरुको ‘ब्रेकअप’ बारे नयाँ–नयाँ खुलासा हुँदै गएको छ । सुरुमा उनीहरुको ५ वर्षका सम्बन्धमा दरार आएको समाचार आएको थियो । यो कुुरा अभिनेत्री परिणीति चोपडाले पनि बताएकी थिइन् । तर, अहिले एक नयाँ खुलासा भएको छ । अंग्रेजी वेबसाइट ‘डीएनए’ मा प्रकाशित समाचारअनुसार सुशान्त र अंकिताको ‘ब्रेकअप’ हुनुमा अंकिताको रक्सी पिउने लत कारक बनेको छ ।

Sushant
समाचारका अनुसार अंकिताको रक्सी पिउने आदतबाट उनीहरुको सम्बन्धमा केही समयअघिबाटै समस्या आएको थियो । सुशान्तले अंकितालाई धेरैपटक रक्सी पिउन छाड्न भनेका थिए । तर, अंकिताले सुशान्तको कुरालाई लत्याउँदै निरन्तर रक्सी पिइरहिन् । समाचारमा जनाइएअनुसार सुशान्तले केही समयअघि मात्र सिगरेटको लत छाडेका थिए । अहिले आएर अन्ततः दुवैले अलग–अलग बस्ने निर्णय गरेका छन् ।

Comments