ऋचाको ‘कैबरे’ हट अवतार (टीजरसहित)
screennepal
प्रकाशित: २०७२, १४ चैत्र आईतवार
no img

मुम्बई । बलिउडमा सन्नी लियोनलाई समेत माथ खुवाउने हिराइनहरु छन् भन्दा पत्यार नलाग्ला । तर, पछिल्लो समय आइरहेका केही फिल्मका हिरोइनहरुको सीन हेर्ने हो भने पोर्न स्टार सन्नी पछि पर्छिन् । अहिले यस्तै रुपमा अभिनेत्री ऋचा चड्डा देखिएकी छन् । फिल्म ‘कैबरे’ को टीजर शुक्रबार रिलिज भएको छ । यस फिल्मको टीजरमा ऋचा एकदमै बोल्ड देखिएकी छन् । यसमा ऋचाको सीन हेर्दै कामुक लाग्छ ।

Richa-Chadda-Biography3
फिल्ममा ऋचा एक कैबरे डान्सरको भूमिकामा छिन् । टीजरमा ऋचाको हट अवतार देखाइएको छ । यस फिल्मका लाािग ऋचा डान्स न्यूयोर्क गएकी थिइन् । उनले त्यहाँ दुई साता डान्सको विधिवत प्रशिक्षण लिएकी थिइन् । अहिले बलिउड नगरीमा कैबरे टाइटल गीतले चर्चा पाएको छ । यो फिल्म एक कैबरे डान्सर हेलनको जीन्दगीमा आधारित रहेको बताइन्छ । तर, फिल्मकी सह–निर्माता पूजा भट्टले यो कुरा इन्कार गरेकी छन् । भूषण कुमारसँग मिलेर उनले यो फिल्म निर्माण गरेकी हुन् । यसमा गुलशन देवैया, राहुल राय र क्रिकेटर एस श्रीसन्तको पनि मुख्य भूमिका छ । यो फिल्म मेमा रिलि हुँदैछ ।

Comments