हल–हलमा बेरोजगारीको कथा
screennepal
प्रकाशित: २०७२, १२ चैत्र शुक्रबार
no img

काठमाडौं । नेपालको एउटा यर्थात चित्रण गर्ने नेपाली चलचित्र ‘राहदानी’ शुक्रबार (आज)बाट देशभर प्रदर्शनमा आएको छ । वैदेशिक रोजगारीको समस्या र त्यसबाट उत्पन्न जटिलतालाई मुख्य कथावस्तुका रुपमा चित्रण गरिएको यो चलचित्र प्रदर्शनको पूर्वसन्ध्यामा बिग सिनेमा हाउसमा च्यारिटी शो गरिएको थियो । आजभन्दा ठीक एक वर्षअघि बैशाख १२ मा गएको भुकम्पबाट धर्मस्थलीस्थित धर्म विद्याआश्रम प्राथमिक विद्यालयको सहयोगार्थ काठमाडौं जेसिसले गरेको च्यारिटी शोमा चलचित्र हेरपछि दर्शक तथा सञ्चारकर्मीको सकरात्मक प्रतिक्रिया पाएको थियो ।

rahadai1
चलचित्र ‘राहदानी’ को निर्देशन पत्रकार डब्बु क्षत्रीले गरेका हुन् । लक्ष्मीप्रसाद ढकाल, रम्भा पाण्डे, रियाना पात्रवश, नैनु शमशेर जबरा, कृष्णचन्द्र झा र अभिषेकमान सिंह निर्मित यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, सिर्जना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, विकाश जोसी, फुपु तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाललगायतको अभिनय छ । चलचित्रमा अभिनेत्री रिमा विश्वकर्मा एउटा आईटम गीतमा छिन् । चलचित्रले विद्यमान रोजगारीको समस्याले देशका युवा विदेश जाने र त्यसले ल्याउने समस्यालाई उजागर गरेको छ ।

Comments