एकतापछि नृत्यकार संघमा दिनेश पाख्रिन
screennepal
प्रकाशित: २०७२, १० चैत्र बुधबार
no img

काठमाडौं । नेपाल चलचित्र नृत्यकार संघमा नयाँ कार्यसमति चयन गरिएको छ । नृत्यकारहरुको संघ एकतापछि राजधानीमा सम्पन्न सधारण सभाले दिनेश पाख्रिनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

dinesh4

चलचित्र बिकास बोर्डका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक राजु शाहलगायतका चलचित्रकर्मीको उपस्थिति थियो । नेपाल चलचित्र नृत्यकार संघको नयाँ कार्यसमितिमा उपाध्यक्ष गाविन्द प्रभात र जनक कार्की, महासचिवमा महेश गोदार, सचिवमा दिपेन्द्र तिमिल्सिना, कोषाध्यक्षमा रेनिसा श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सोनी गुरुङ, गोपाल अधिकारी, नारायण रिजाल, गम्भीर बिष्ट, दीपक श्रेष्ठ र सोमलाल चयन भएका छन् । नृत्यकारको एकतापछि नयाँ कार्यसमिति चयन गरिएको हो । यसअघि भिन्नभिन्नै दुई नृत्यकार संघ थियो ।  अध्यक्ष पाख्रिनले नृत्यकारहरुको हकहितका लागि काम गर्ने बताएका छन् ।

Comments