अमेरिकामा ‘डाइङ क्यान्डिल’ले जित्यो ‘बेस्ट सिनेमाटोग्राफी अवार्ड’
screennepal
प्रकाशित: २०७२, ८ चैत्र सोमबार
no img

काठमाडौं । नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो)ले अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा वेस्ट सिनेमाटोग्राफी अवार्ड जितेको छ । शनिबार राती सम्पन्न फेस्टिभलको छैटौं संस्करणमा ‘डाइङ क्यान्डल’ बाट रविन आचार्य र दिपांकर सिग्देरले उपाधी चुमेका हुन् । अर्वाड ग्रहणपश्चात रविनले अमेरिकाबाटै खुशी व्यक्त गरेका छन् ।
ओस्कार फिल्म कलेज पास आउट रविनले खिचेको यो पहिलो फिचर फिल्म हो । फेस्टिभलमा स्क्रिनिङपश्चात फिल्मले सकारात्मक प्रतिक्रिया पाएको उनले जानकारी दिए । डा. नरेश कुमार केसी निर्देशित यस फिल्म यो फेस्टिभलको सिनेमाटाग्राफीसँगै वेस्ट फिल्म र वेस्ट एक्ट्रेस विधानमा पनि मनोनयनमा परेको थियो । नरेशले खुशी पोखे, “स्क्रिनिङसहित एउटा अवार्ड जितेकाले विदेशी बजारमा फिल्मको डिमान्ड हुनेमा ढुक्क छौं ।” फिल्मले दिदीभाईबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको छ ।

Rabin
यसभन्दा अगाडी पनि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । ३ मार्चमा यस फिल्म युनिभरसिटी अफ साउर्दन क्यालिफोर्निया (युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो । यो कलेज विश्वकै पहिलो नम्बरमा रहेको फिल्म कलेज हो । अनि निर्देशक केसीले यही कलेजबाट फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नात्तकोत्तर गरेका हुन् । युएसस्सी पढ्ने उनी पहिलो नेपाली पनि हुन् ।
‘डाइङ क्यान्डल’को पटकथा निर्देशक केसीले अमेरिका बस्दै लेखेका थिए । पश्चिमा समाजमा आमाबाबुदेखी प्रेमीप्रेमीका, साथी र शिक्षकसम्मको प्रेम पोख्ने निश्चित विशेष दिन हुन्छन् । तर दिदी भाईको प्रेम दर्शाउने त्यस्तो खास दिन छैन, हाम्रँे तिहार जस्तो । “त्यसैले हाम्रो यही अग्र्यानिक स्टोरी भन्यौं भने बाहिरी दुनियाको मन जित्न सक्छौं भन्ने लोभ पलायो । हाम्रँो समाजमा दिदीभाईबीचको आत्मीयता कुन तहमा हुन्छ भनेर विदेशीलाई अनुभुत गराउनु पनि थियो,” केसीले आत्मविश्वास पोखे, “दिदी भँई हुनेले त यो फिल्मस“गै आफूलाई सजिलै कनेक्ट गर्छ नै, नहुनेको मन झन् धेरै छुन्छ, अभावले ।”

कथा जस्तै लोकेसनमा पनि मौलिकता र नेपाली सुगन्ध दिलाउन उनले रसुवाको दुर्गम गाउ गत्लाङमा फिल्म खिचेका छन्, त्यो पनि स्थानीय कलाकारलाई लिएर । फिल्ममा मुख्य भूमिका रहेका बालकलाकार लाक्पा सिंगी तामाङ गत्लाङकै बच्चा हुन् । हलमा फिल्मसम्म नहेरेका सिंगीलाई लामो समय प्रशिक्षण गराएपछि केसी अभिनय गराउन सफल भएका थिए । सिंगीले खारिएको कलाकारजस्तै जीवन्त अभिनय गरेको केसीले सुनाए । फिल्ममा सिर्जना, सिंगी, अर्पणसहित सौगात मल्ल र विद्या कार्कीको पनि मुख्य भूमिका रहेको छ । रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन् ।
नेपालमा भने डाइङ क्यान्डल अर्को वर्षको असारमा रिलिज हुने भएको छ । वितरण अधिकार गोविन्द शाहीले लिइसकेका छन्

Comments