सिडियो कार्यालय पठाइए ‘जिस्म’ युनिट
screennepal
प्रकाशित: २०७२, ८ चैत्र सोमबार
no img

काठमाडौं । चलचित्र विकास बोर्डसँग इजाजत नलिई छायांकन सुरु गर्दा चलचित्र ‘जिस्म’ युनिट प्रहरीको फन्दामा परेका छन् । पोखरामा सुटिङ चलिरहेकै बेला चलचित्रका निर्देशक राजु गिरीसहित युनिटलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । कुनैपनि चलचित्र छायांकन अघि विकास बोर्डमा दर्ता भई फ्लोरमा जानुपर्ने प्रावधान छ । तर, ‘जिस्म’ दर्ता नै नगरी फ्लोरमा गएकाले प्रहरीले पक्राउ गरेको हो ।

jism
चलचित्र विकास बोर्डको पत्रअनुसार ‘जिस्म’ युनिटलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय राम्जाले जनाएको छ । वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरीक्षक बेदप्रसाद जोशीका अनुसार युनिटलाई सिडियो कार्यलयमा पठाइएको छ । प्रहरी निरीक्षक जोशीले भने, ‘विकास बोर्डको पत्रअनुसार पक्राउ गरेर सिडियो कार्यालय पठाएका हौं ।’ विकास वोर्डकै पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको निर्देशनमा चलचित्रका मुख्य कलाकार सुरेन्द्र बुढा, उकेश पनेरु, अर्चना पनेरुलगायत सम्पूर्ण युनिटलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अर्चना पार्ने फिल्म खेल्ने भनेर चर्चामा आएकी हुन् । त्यसपछि नै निर्देशक गिरीले आफ्नो फिल्ममा लिएर  सुटिङ सुरु गरेका हुन् ।

Comments