यसपालि होली नखेल्ने करिनाको खुलासा
screennepal
प्रकाशित: २०७२, ८ चैत्र सोमबार
no img

मुम्बई, एजेन्सी । यसपटक बलिउड अभिनेत्री करिना कपूरले होली नखेल्ने भएकी छन् । हाल फिल्म ‘की एण्ड का’ को प्रमोसनमा व्यस्त रहेकी करिनाले होली नखेल्ने बताएकी हुन् । करिनाले भनिन्, ‘यस वर्ष म होली खेल्दिनँ । तैपनि परिवारका साथ डिनर गर्न सक्छु । तर, होली खेल्दिनँ किनकि, म फिल्मको प्रचारमा ध्यान केन्द्रित गर्न चाहन्छु ।’

Kareena-Kapoor
फिल्म रिलिज हुन अब एक साता मात्र बाँकी छ । त्यसैले पनि उनी ‘की एण्ड का’ प्रमोसनलाई तिव्रता दिएकी छन् । आर. बल्कीको निर्देशन रहेको यो फिल्म करिनाका लागि महत्वकांक्षी छ । उनी यस फिल्ममा उन्मुक्त महिलाको भूमिकामा देखिँदैछिन् । फिल्ममा करिनाको पतिको भूमिका अर्जुन कपूर छन् । यसमा पति–पत्नीको सम्बन्धलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो फिल्म १ अप्रिलमा रिलिज हुँदैछ ।

Comments