क्यानभास यस्तो देखियो ‘राहदानी’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ८ चैत्र सोमबार
no img

rahadani, screennepal (15)

काठमाडौं । वैदेशिक रोजगारीका विषय र कथाव्याथामाथि निर्मित चलचित्र ‘राहदानी’ आउँदो शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । तर, रिलिज हुनअघि यो चलचित्र क्यान्भाषमा उतारिएको छ । चलचित्र ‘राहदानी’ हेरेर विभिन्न ३६ कलाकारले क्यानभास उतारेका हुन् । ‘राहदानी’ का ती एक्रेलिक रङका माध्यममा सिर्जिएका चित्रहरु राजधानीको ठमेलस्थित मिथिला आर्ट ग्यालरीमा प्रदर्शनमा राखिएको छ ।

rahadani, screennepal (13)
प्रदर्शनीको सोमबार एक समारोहबीच चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्माता राजकुमार राईले उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रदर्शनीको उद्घाटन गर्दै अध्यक्ष राईले भने, ‘कला र चलचित्रबीच नजिकको सम्बन्ध हुनुपर्छ । कला भएरै चलचित्र बनेको हो ।’ उनले ‘राहदानी’ को व्यवसायिक सफलताकोे शुभकामना दिँदै भने, ‘कुरा जेसुकै भएपनि चलचित्र चल्नुपर्छ ।’ प्रदर्शनी उद्घाटनमा सिर्जना सुब्बा, रुपा खनाल, तेन्जिङ शेर्पालगायतका चलचित्रका कलाकार पनि ग्यालरी पुगेका थिए ।

rahadani, screennepal (14)
पत्रकार डब्बु क्षत्री निर्देशित यो चलचित्र हेरेर कलाकारले क्यान्भाषमा उतारका हुन् । प्रदर्शनीमा रमेश खनाल, नरेन्द्रबहादुर श्रेष्ठ देखि डिल्लीराम पाल्पाली, एनबी गुरुङ, अनिता खनाल भट्टराई, प्राज्ञ ज्योतिप्रकाश विके, नरबहादुर विके, श्याम सुन्दर यादव, प्राज्ञ लालकाजी लामा, राम ठाडा, अजित शाह, केशव ाज खनाल, देबेन्द्र थुम्केलीलगायतका कलाकारका चित्र छन् । साथै, । चलचित्रका निर्देशक डब्बु क्षत्रीको एउटा चित्र प्रदर्शनीमा राखिएको छ ।

rahadani, screennepal (10)
चलचित्र ‘राहदानी’ मा विदेशमा जाँदा नेपालीले भोग्नुपरेको पीडा र मृत्युको क्रन्दन, नेपालमा श्रीमतीले श्रीमानको कमाईमा मोज गरेको विषयलाई समावेश गरिएको छ । प्रदर्शनी राखिएका चित्रहरुलाई बिक्रीका लागि समेत खुला गरिएको छ । सो कलाकृति बिक्रीबाट आएको रकम वैदेशिक रोजगारीमा जाँदा पीडामा रहेका परिवार र उनीहरुका सन्ततीका लागि खर्च गरिने निर्देशक क्षत्रीले बताए । प्रदर्शनी तीन दिनसम्म चल्ने छ भने त्यसपछि केही सिनेमा हलमा समेत प्रदर्शनीमा राखिने जनाइएको छ ।

rahadani, screennepal (9) rahadani, screennepal (8) rahadani, screennepal (7) rahadani, screennepal (4) rahadani, screennepal (2)

Comments