लालजोडीको साइत १७ भदौमा
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

काठमाडौ । आउँदो भदौ १७ गते लालजोडीका लागि साइत जुरेको छ । पत्रकार लक्ष्मण सुवेदी निर्देशित ‘लालजोडी’ले रिलिज मिति सार्वजनिक गरेको छ । निर्देशक सुबेदीले ‘पशुपतिनाथको जय’ भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘लालजोडी’ प्रदर्शन मिति सार्वजनिक गरेका हुन् ।

laljodi
यसअघि ‘एउटा साथी’ निर्देशन गरेका सुबेदी ‘लालजोडी’बाट आशावादी छन् । उनका अनुसार ‘लालजोडी’ एक प्रेममात्मक चलचित्र हो, जसले दर्शकको मन छुने दावी सुबेदीको छ ।
चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्वी तामाङ, गोविन्द कोइराला, सिपी पौडेल, किशोर भण्डारी, शिव शंकर रिजाल, यादव पुडासैनी, मधुसुदन पाठकलगायतको अभिनय छ । सुबेदीकै गीत, लेखन र निर्माणसमेतको यस चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अष्ट महर्जनको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी छ । चलचित्रबारे सुबेदीले भने, ‘यो पारिवारिक ड्रामा मिश्रित कमेडी चलचित्र हो ।’ उनले सोचेभन्दा राम्रो चलचित्र बन्ने दाबी गरेका छन् ।

Comments