तत्काल ‘आमा नबन्ने’ रानीको योजना
screennepal
प्रकाशित: २०७२, ७ चैत्र आईतवार
no img

मुम्बई, एजेन्सी । चोपडा हाउसमा सोमबार शानदार जमघट हुँदैछ किनकि, बलिउड सुन्दर अभिनेत्री अर्थात् आदित्य चोपडाकी पत्नी रानी मुखर्जीको जन्मदिन छ । सोमबार रानीले धुमधाममा साथ ३८औं जन्मदिन मनाउन गइरहेकी छन् । गएको वर्ष डिसेम्बरपछि यो पहिलो रानीको जन्मदिन हो । छोरी आदिराको जन्म दिएपछि उनी खाशै सार्वजनिक समारोहमा देखिएकी छैनन् ।

Rani-Mukherjee
अहिले यस्तो पनि चर्चा छ, आफ्नो पतिको सुटिङमा रानी पनि साथै पेरिसमा हुनेछिन् । आदित्यले फिल्म ‘बेफिक्रे’ गर्दैछन् । यस फिल्ममा रणवीर सिंह र वाणी कपुर मुख्य भूमिका देखिँदैछन् । तर, सुटिङका लागि पेरिस जानुअघि रानीको जन्मदिन परेकाले यसलाई धुमधाम बनाउँने चोपडा परिवारको योजना छ । हरेक २१ मार्च रानीका लागि विषेश हुने गर्छ । यो दिन उनको जन्मदिनमात्र नभएर आदित्यसँग २१ मार्चमै लगन कसेकी हुन् । त्यसैले यस दिनलाई परिवारका लागि छुट्टाउँदै आएकी छन् ।
अर्को समाचारअनुसार रानी तत्काल आमा बन्ने योजनामा छैनन् । उनी निकट सुत्रले बताएअनुसार रानी एकपटक फेरि फिल्ममा जम्न चाहन्छिन् । पहिलो सन्तानका रुप जन्मिएकी छोरी हुर्कँदै गएपछि उनले फिल्ममा आउने सोच बनाएकी हुन् । यो कुरा उनले सोमबार बताउँन सक्ने अनुमान गरिएको छ ।

Comments