पटना । निर्माता तथा कलाकार शत्रुघ्न सिन्हाले बलिउडको मिलेनियम स्टार अमिताभ बच्चनलाई वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछि भारतको राष्ट्रपति बनाउँनुपर्ने बताएका छन् । भारतीय जनता पार्टी ‘बिजेपी’ का सांसदसमेत रहेको सिन्हाले पटनामा आयोजित एक पत्रकार सम्मेलनमा पत्रकारहरुसँग कुरा गर्दे भने, ‘यो गर्वको विषय हो, सांस्कृतिक आईकन अमिताभ बच्चनलाई देशको राष्ट्रपति बनाउँनुपर्छ ।’
उनले थपे, ‘अमिताभ बच्चनले फिल्म, सांस्कृतिक र सामाजिक क्षेत्रमा उपलब्धी गरेका छन् । अब देशको राष्ट्रपति बनाउँनुपर्छ । यसले देशको नाम पनि हुन्छ ।
राष्ट्रपति पदका लागि अमिताभ बच्चनको नाम समर्थन गर्नेबारे एक प्रश्नमा सिन्हाले भने, ‘यो उनको महनतालाई मैले सर्पोट गरेको हुँ । उनी खुशी छन् भने प्रणव मुखर्जीपछि उनलाई नै राष्ट्रपतिको कुर्सी सुहाउँछ ।’ सिन्हा र अमिताभले बलिउडको हिट फिल्म यथा काला पत्थर, दोस्ताना र शानमा सँगै काम गरेका छन् । सिन्हाले अमिताभ बच्चनको छोरा अभिनेता अभिषेक बच्चनको विवाहमा मिठाईसमेत लगिदिएका थिए । -Agency