‘द जंगल बुक’मा प्रियंकाको आवाज (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ६ चैत्र शनिबार
no img

Priyanka

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले हलिउड एनिमेसन फिल्म ‘द जंगल बुक’ को हिन्दी भर्सनमा ‘का’ नामको अजिंगरको आवाज डब गरेकी छन् । उनले आफ्नो यस आवाजलाई हिन्दी भर्सनमा लन्च समेत भइसकेको छ । यसमा प्रियंका एक रहस्यमय तरिकाले बोलकी छन् । र, उनको आवाजमा एक किसिमको दम्भ छ । यसबारे प्रियंकाले ट्वीट गरेकी छन्, ‘द जंगल बुक मलाई बाल्यकालमा साह्रै मन पथ्र्यो । अहिले यसै फिल्मको हिस्सा बन्न् पाउँदा एकदमै खुसी छु ।’ भनिन्छ, इंग्लिश भर्सनमा ‘का’ को आवाज हलिउड सुपरस्टार स्कारलेट योहानसनले दिएकी थिइन् । यो फिल्म ८ अप्रिलमा रिलीज हुँदैछ ।

Comments