भानुप्रताप कसरी बने आरभजंग राणा (?)
screennepal
प्रकाशित: २०७२, ५ चैत्र शुक्रबार
no img

काठमाडौं । ‘आरभजंग राणाको भूमिकालाई चाहिँ मान्नैपर्छ’ सिनेमा हलबाट बाहिँदै गर्दा शुक्रबार (आज) एक दर्शकले भने, ‘आरभको भूमिकाले फिल्म नै लिड गरेको रहेछ ।’ राजधानीको एक सिनेमा हलमा ‘लक्ष्य’ हेरेपछि ति दर्शकले यस्तो प्रतिक्रिया दिएका हुन् । शुक्रबारबाटै देशब्यापी प्रदर्शनमा आएको ‘लक्ष्य’ मा आरभजंग राणाको भूमिकामा भानुप्रताप देखिएका छन्, जसको भूमिकाले पहिलो दिनमै राम्रो तारिफ पाएको छ । भानुप्रताप उनै हुन्, जो यसअघि ‘दलाल’ र ‘वन–वे’ मा खलनायकका रुपमा देखिसकिएका छन् । आफ्नै प्रोडक्सनको फिल्म ‘लालटिन’ आउन लागेकै बेला ‘आरभ’ को भूमिका देखिएका भानुप्रताप एक यस्ता कलाकार हुन्, जो हिरो छाडेर भिलेन खेल्छन् ।

bhanupratap 1
‘लक्ष्य’ एक एक्शनप्रधान फिल्म हो । फिल्ममा भानुप्रताप आरभजंग राणा नामको बक्सर च्याम्पियनको भूमिकामा छन् । उनको भूमिकालाई युवादर्शकले रुचाएका छन् । विशेषगरी एक्शन भूमिका मनपराउँन दर्शकको आँखामा पर्न सफल भएका छन्, भानुप्रताप ।
भानुप्रतापको वास्तविक नाम भानुभक्त ढकाल हो । तर, उनी भानुप्रतापले मात्र चिनिन चाहन्छन् । कलाकार भएकै कारण उनी आफ्नो थर खुलाउँन चाहदैनन् । उनी भन्छन्, ‘कलाकारको न जात हुन्छ, न त धर्म । त्यसैले म आफूलाई भानुप्रताप मात्र लेख्ने गरेको हँ ।’ अर्को कुरा फिल्म ‘लक्ष्य’ मा उनी ‘आरभजंग राणा’ को भूमिकामा छन् । फिल्म भित्रको यस नामबारे पनि उनले खुलाए । ‘आरभ मेरो छोराको नाम हो’ हातमा खोपेको टाटु देखाउँदै भने, ‘छोरा आरभ ४ पुगेर पाँच वर्षमा लाग्दैछ । लक्ष्यमा उनै छोराको नाममा भूमिका गरेको हुँ ।’ छोराको नाममा ‘पात्र नाम’ रोजेपनि त्यो फिल्ममा फरक सुनिएको छ । फिल्म ‘लक्ष्य’ को पहिलो शोबाटै राम्रै प्रतिक्रिया आएको भानुप्रतापले बताए । उनले स्क्रीन नेपालसँग भने, ‘जेहोस्, मेरो भूमिकालाई रुचाइएको छ ।’

bhanu
हुन त उनले गरेको खलपात्र दर्शकले रुचाउँने गरेका छन् । यसअघिको भूमिका पनि दर्शकले रुचाएका थिए । तर, भानुप्रताप आफै भने सन्तुष्ट छैनन् । फिल्ममा हिरो खेल्न छाडेर भिलेनमा देखिँदै आएका उनले भने, ‘अहिलेसम्म मैले चाहेको रोल पाएको छैन ।’ उनलाई मन परेको भिलेनको भूमिकामध्ये ‘वन–वे’ मा रविन तामाङको भूमिका पनि एक हो । भानुप्रता पस्क्रीन नेपालसँग भन्छन्, ‘मलाई त बलिउडका इरफान खानले गरेजस्तो भूमिका गर्न मनपर्छ ।’
भानुप्रताप अभिनीत ‘रातोघर’ र ‘टिचर’ पनि चाँडै रिलिज हुँदैछ । ती फिल्ममा पनि उनी खुँकार भिलेनमा रुपमा देखिँदैछन् । तर, आफू निर्मित फिल्म ‘लालटिन’ मा सानो भूमिकामा मात्र देखिन लागेको उनले बताए ।
मिलन आले मगरको निर्देशित तथा ओमलाल गुरुङले निर्माण गरेको ‘लक्ष्य’ युवापुस्ताको सोच, अभिभावकको सपना र लक्ष्य पूरा गर्नका लागि गरिने संघर्षको बिषयमा केन्द्रीत छ । निर्देशक मिलन पनि ‘लक्ष्य’ बाट निकै आशावादी छन् । फिल्ममा सबिन श्रेष्ठ, अनु शाह, सारिका केसी, सुनील थापा, अर्जूनजंग शाहीको पनि मुख्य अभिनय छ । तर, एक किसिमले भन्न्े हो भानुप्रतापको रोल हिरो देखिन्छ । यो कुरा भानुप्रतापले पनि स्वीकारे । उनले भने, ‘बलिउडमा हो भने मेरो भूमिका नै हिरो देखिन्छ ।
सुशील पंगेनीको स्क्रिप्ट, सुमन तण्डुकारको छायांकन, अर्जून पोखरेल र टंक बुढाथोकीको संगीत रहेको ‘लक्ष्य’ मा हिमाल केसीको द्धन्द्ध निर्देशन रहेको छ ।

Comments