नाटक : हरुवा–चरुवाबारे ‘मुक्तिको खोजी’
screennepal
प्रकाशित: २०७२, ४ चैत्र बिहीबार
no img

h2

काठमाडौं । नेपालको पूर्वी तथा मध्य तराईमा कायम रहेको हरुवा–चरुवाहरुको अधिकारका लागि अभियानस्वरुप राजधानीमा ‘मुक्तिको खोजी’ नामक नाटक मञ्चन गरिएको छ । यो नाटक परिवर्तन नेपालको अगुवाईमा मञ्चन गरिएको हो ।
यसअघि यो नाटक सप्तरी, सिरहा र जनकपुरको विभिन्न ग्रामिण क्षेत्रमा मञ्चन गरिएको थियो । कालिकास्थानस्थित सर्वनाम थियटरमा मञ्चित ‘मुक्तीको खोजी’ मा हरुवा–चरुवाहरु कसरी सदियौंदेखि जमिनदारी र साहुप्रथाबाट शोषितपीडित छन् भन्ने देखाइएको छ । जमिनदार र मालिकले पुस्तौंपुस्तादेखि हरवा–चरुवामाथि आर्थिक, मानसिक, शारीरिक र श्रम शोषण गर्दै आएकोप्रति नाटकले शसक्त प्रतिकार गर्नसक्ने चेतनाको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने परिवर्तन नेपालको दावीे छ ।  जेनेभा ग्लोबलको सहयोगमा निर्माण गरिएकोे नाटकमा सुरज अधिकारी, आदर्श घिमिरे, सुनिता सुनुवार, मलिना बाँनिया, सविन कटुवाल, राजेश बुढाथोकी, राजेन्द्र रावल र पार्थ सरकारले अभिनय गरेका थिए ।

h
सरकारले नेपालको सुदुरपश्चिम भेगमा हरुवा–चरुवा तथा हलियाप्रथा उन्मुलन गरेको घोषणा गरेपनि पूर्वी तराईका सप्तरी सिरहा र जनकपुरलगायतका जिल्लाहरुमा अझै योप्रथा कायमै रहेको नाटकका लेखक तथा निर्देशक मोहन निरौलाले बताए । निरौलाका अनुसार आईएलओको तथ्यांकमा अझैपनि नेपालका पूर्वी तथा मध्य तराईका जिल्लाहरुमा ९० हजारभन्दा बढी हरुवा चरुवाहरुका परिवार छन्, जसमा अधिकांश दलित तथा पिछडिएका वर्ग रहेका छन् ।

Comments