ऋतिक–कंगनासम्बन्ध : कुनैबेला सुँगासुँग, अहिले ठुँगाठुँग !
screennepal
प्रकाशित: २०७२, ४ चैत्र बिहीबार
no img

मुम्बई । कुनै समय बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावत सँगै मर्ने, सँगै बाँँच्ने कसम खान्थे, अहिले यिनै अभिनेता–अभिनेताबीच भद्दा गालीगलौजदेखि मुद्दामामिलासम्म पुगेका छन् । आफूहरुको प्रेमसम्बन्ध टुेटेपछि वाकयुद्धमा रहेका उनीहरु अहिले मुद्दामामिलामा पुगेका छन्, जसका लागि दुवैले एक–अर्कालाई कानुनी पत्रसमेत काटेका छन् । कंगनाले ऋतिकलाई आफ्नो पूर्वब्वाइफ्रेन्ड बताएपछि उनीहरूबिचको दरार बल्झिएको हो । उनीहरुबीच कुराको अहिले हानाहान चलिरहेको छ ।

kangana
अभिनेत्री कंगनाले एक प्रशंगमा ऋतिकलाई आफ्नो एक्स ब्वाईफ्रेन्ड बताएसँगै उनले कंगनाको दिमागी सन्तुल्न गुमाएको प्रतिक्रिया दिएका थिए । यसैक्रममा विवाद चल्दै जाँदा उनीहरुले एक–र्कालाई पठाएको कानुनी पत्रका कुराहरु सार्वजनिक भएपछि नयाँ कुराको खुलासा भएको छ । सो पत्रमा कंगनाले ऋतिकका पिता एवं निर्देशक राकेश रोशनलाई आफ्नो छोरालाई ठीक ठाँउमा राख्न भनेकी छन् । ऋतिकले यसलाई आफ्नो मानहानीको व्याख्या गरेका छन् ।
यस्तै, कंगनाका वकिललाई पठाइएको पत्रमा ऋतिकले आफ्नो मौनताको कंगनाले गलत अर्थ निकालेको र आफ्नो स्वाभिमानमा धावा बोलेको उल्लेख गरेका छन् । कंगनाले ऋतिकलाई मेल र फोनको माध्यमबाट उनको पछाडी लागेको आरोपसँगै इमेलसमेत ह्याक गरेको बताएकी छन् । यी दुईको क्रियाकलापलाई लिएर बलिउडकर्मीबीच समेत चर्चा हुन थालेको छ ।  -Agency

Comments