जन्मभूमिप्रतिको प्रेम दर्साउन आउँदै निरौलाको ‘जन्मभूमि’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७२, ४ चैत्र बिहीबार
no img

Janmabhumi (12)

काठमाडौं । ‘जन्मभूमि’ यो नाम धेरैले सुनेकै हुनुपर्छ किनकि, करिब १३ वर्षअघि यही नाममा नेपाली चलचित्र बनेको थियो । अहिले फेरि त्यही ‘जन्मभूमि’ निर्माण गरी प्रर्दशनमा आउँदैछ । यस चलचित्रलाई बरिष्ठ कलाकार तथा निर्देशक मोहन निरौलाले बनाएका हुन् । पुरानो ‘जन्मभूमि’ पनि उनै निरौलाले बनाएका थिए । तर, नाम उही भएपनि कथावस्तुमा केही फरक भएको निर्देशक निरौलाले बताए । यो चलचित्र यही चैत १९ गते देशव्यापी प्रदर्शनमा आउँदैछ । आफ्नो चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्देशक निरौलाले प्रमोसनलाई पनि तीव्रता दिएका छन् ।

Janmabhumi (11)
निर्देशक निरौलाकै कथा तथा पटकथा रहेको यो चलचित्र राष्ट्रिय भावनामा ओतप्रोत छ । साथै, ‘जन्मभूमि’ ले नारीको हकअधिकारको कुरालाई पनि शसक्त रुपमा उठाएको निर्देशक निरौलाले स्क्रीन नेपालसँग बताए । उनले भने, ‘यस चलचित्रमा सामाजिक रुपमा राजनैतिक अतिक्रमण, थिचोमिचो, बाह्य हस्तक्षेप एवं जनजीवनका विविध पक्ष समेटिएको छ । चलचित्रले नारी अधिकारको कुरालाई पनि जाोडिएको छ ।’ उनका अनुसार यो मौलिक कथावस्तु बोकेको नेपाली चलचित्र हो ।’ यस चलचित्रमा एउटा संस्कृत भाषाको गीत समेत समेटिएको छ, जो संस्कृति भाषाको गीत समेटिएको यो पहिलो पहिलो नेपाली चलचित्र हो । निर्देशक निरौलाले ‘जन्मभूमि’ले आफ्नो जन्मभूमिप्रतिको प्रेम तथा राष्ट्रिय भावना जागृत गरेको बताए ।

Janmabhumi (7)
चलचित्रमा सुरज गिरी निर्माता र लक्ष्मी शर्मा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्मातामा कविता निरौला रहेकी छन् । चलचित्रमा निश्मा घिमिरे, विनोद श्रेष्ठ, अनुशाह, ओम प्रतिक, केशव भट्टराई, उत्तम केसी, सगुन श्रेष्ठ, सौगात विष्ट, रमेश अधिकारी, बिएस लामिछाने र निर्देशक मोहन निरौलाकै पनि मुख्य अभिनय हेर्न सकिन्छ । यस चलचित्रमा चेतन कार्की, पुण्य निरौल र शान्तिप्रियले गीत लेखेका छन् भने युवराज राईको छायांकन र शंकर बिसीको नृत्य निर्देशन तथा विपिन मल्लको सम्पादन रहेको छ । ‘जन्मभूमि’ मा अष्ट महर्जनको द्धन्द्ध निर्देशन गरेका छन् । स्मरणीय कुरा के छ भने यस चलचित्रमा नेपालमाथि भारतले गरेको नाकाबन्दीको कुरा पनि उठाएको छ, जबकि, यो चलचित्र गत वर्ष विनाशकारी भूकम्प जानुअघि नै छायांकन गरिएको थियो । छिमेकीको राजनीति थिचोमिचोको विषय उठाउँदा नाकाबन्दीको कुरा आएको निर्देशक निरौलाले बताए ।

Comments