मै त हुँ… भन्दै आए इशक (भिडियो)
screennepal
प्रकाशित: २०७२, ३ चैत्र बुधबार
no img
isak rai

Ishak Rai, Singer

काठमाडौं । इशक राईलाई कतिपयले मोडलका रुपमा चिन्छन् । तर, अहिले उनी गायकका रुपमा दर्शकमाझ आएका छन् । उनले गायका मिलन अमात्यसँग ‘मै त हुँ…’ बोलको गीत गाएका छन्, जुन गीतको म्युजिक भिडियोसमेत बनाइएको छ । बिक्रम राईको शब्द तथा संगीत रहेको यस गीतमा सिम्पल लिभिङ हाई थिङ्किङ भन्ने भनाईलाई उजागर गरिएको छ । यो गीत इशकले आफ्नो एल्बम ‘इशक’ का लागि तयार गरेका हुन् । तर, एल्बम तयार गर्नअघि उनले यस गीतलाई सिंगल ट्रयाकका रुपमा प्रस्तुत गरेका छन् । पेमा लामा ‘गोफ्ले’ले निर्देशन गरेको यस भिडियोमा संगीता राई र राजकुमार थापाले मोडलिङ गरेका छन् । केही समय यु–ट्युबमार्फत सार्वजनिक गरिएको यो भिडियो यहाँहरुका लागि प्रस्तुत गरेका छौं । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments