…सानी भाग्न लाग्दा सापकोटालाई टेन्सन !
screennepal
प्रकाशित: २०७२, २ चैत्र मंगलवार
no img

काठमाडौं । सानीको भाग्ने दिन नजिकिँदै गर्दा संगीतकार चेतन सापकोटालाई टेन्सन हुन थालेको छ । प्रायः नेपाली चलचित्रहरुमा संगीत गर्न व्यस्त भइरहने संगीतकार सापकोटा हिजोआज सानीकै चिन्तामा डुब्न थालेका छन्, जोसँग भेट्दा पनि उनी हिजोआज ‘भाग सानी भाग’ भन्न थालेका छन् । मानौ, उनको मन मुटुमा हिजोआज सानी मात्रै छ ।

bhag sani bhag (1)

चलचित्रको प्रचारको क्रममा नारायणगढको फाइल तस्बिर ।

संगीतकार सापकोटाको सानी यही चैत ५ गते दर्शकमाझ जाँदैछ, अर्थात् सापकोटा निर्मित चलचित्र ‘भाग सानी भाग’ रिलिज हुँदैछ । आफू निर्मित पहिलो चलचित्र भएकाले सापकोटा यस चलचित्रप्रति उत्साहितसँगै चिन्तित पनि छन् । नेपाली गीतसंगीतमा आफ्नो छुट्टै पहिचान बनाएका उनले भने, ‘यो मेरो पहिलो चलचित्र हो । यस चलचिसँग मेरो परिचय जोडिएको छ ।’
हुन त सापकोटाले यस चलचित्रको प्रमोसनमा हास्य कलाकारहरुको राम्रै सर्पोट पाइरहेका छन् । चलचित्र ‘भाग सानी भाग’ हाँस्यप्रधान सामाजिक चलचित्र हो । त्यसैले पनि हास्य कलाकार विल्सनविक्रम राई, शिवहरी पौडेल, किरण केसी ‘रातामकै’, विष्णु सापकोटाजस्ताले सपोर्ट गरिरहेका छन् । उनीहरुले आ–आफ्नो तरिकाले सामाजिक सञ्जालमार्फत प्रचारमा सहयोग गरिरहेका हुन् ।

bhag sani bhag (2)

सविन र केकी

त्यसो त निर्माता सापकोटाले सुरुदेखि नै आफ्नो चलचित्रको प्रचार फरक ढंगलेले प्रचार गर्दै आएका छन् । ‘भाग सानी भाग’ को निर्देशन नवल नेपालले गरेका हुन् । नेपाल निर्देशित चलचित्र प्रायः भिन्नै हुने गरेको छ । त्यसैले पनि ‘भाग सानी भाग’ले पनि दर्शकलाई फरक स्वाद पस्कन सक्ने दावी निर्माता सापकोटाको छ । ग्रामिण परिवेशमा केन्द्रित यस चलचित्रले नेपाली दर्शकको मनलाई फिल्म अवधिभर युवा अवस्थामा रहेर चलचित्र हेरेको अनुभव महसुस हुने निर्माणपक्षको दावी छ ।
चलचित्रमा संगीत पनि सापकोटाकै रहेको छ भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाईको प्रस्तुती तथा सहदेव गौतम र विलोल पोखरेलको निर्माण रहेको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गीता अधिकारी, रविन्द्र खड्का, सुशील पोखरेललगायतका कलाकारको अभिनय रहेको छ ।

Comments