क्युइन्समा ‘डाइङ क्यान्डल’ तीन विधामा स्पर्धा गर्दै
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
no img

काठमाडौं । अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित तीन विधामा प्रतिस्पर्धा गर्ने भएको छ । डा. नरेशकुमार केसी निर्देशित यस फिल्म उत्कृष्ट फिल्मसहित सिर्जना सुब्बा, उत्कृष्ट हिरोइन, दिपांकर सिग्देल र रविन आचार्य उत्कृष्ट छा“याकारमा मनोनित भएका हुन् । फेस्टिभल मार्च १५ देखि २० सम्म अमेरिकाको न्यूर्योकामा हु“दैछ ।

Dying candlee
‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिन हुने फेस्टिभलको अफिसियल वेवसाइटमा उल्लेख गरिएको छ । ‘स्क्रिनिङसहित मनोनयनमा परेको खबरले खुशी छौं,’ निर्देशक केसीले भने, ‘पुरस्कार जित्यौं भने त अन्तर्राष्ट्रिय बजारमा फिल्मको डिमान्ड बढ्नेछ ।’ फिल्मले दिदीभाईबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको छ ।
यसअघि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । उक्त फेस्टिभलबाट पाएको सकरात्मक प्रतिक्रियाले आफ्नो हौसला बढाएको केसीले बताए । ३ मार्चमा यस फिल्म युनिभर्सिटी अफ साउर्थन क्यालिफोर्निया (युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो । यो कलेज विश्वकै पहिलो नम्बरमा रहेको फिल्म कलेज हो । अनि निर्देशक केसीले यही कलेजबाट फिल्म एन्ड टेलिभिजन प्रोडक्सनमा स्नात्तकोत्तर गरेका हुन् । युएसस्सी पढ्ने उनी पहिलो नेपाली पनि हुन् ।

USC

युएसस्सीमा त्यहा“ अध्ययनरत विद्यार्थीसहित प्राध्यापक जेनिफर वारेन, अमान्डा पप, स्पँइडर म्यानबाट भिएफएक्समा ओस्कार जितेका डाक्टर पउल डिभेबेकलगायतका विश्वविख्यात फिल्मकर्मीले ‘डाइङ क्यान्डल’ हेरेपश्चात कथावस्तु र प्रस्तुती शैलीको प्रसंशा गरेका थिए । स्क्रिनिङमा नेपालबाट अभिनेता अर्पण थापा तथा निर्माताद्वय रविन आचार्य र उत्तम केसी सहभागी थिए । क्युइन्समा पनि उनीहरु तीनै जना उपस्थित हुने निर्देशक केसीले जानकारी गराएका छन् । ‘डाइङ क्यान्डल’को पटकथा निर्देशक केसीले अमेरिका बस्दै लेखेका थिए ।
फिल्ममा मुख्य भूमिकामा रहेका बालकलाकार लाक्पा सिंगी तामाङ गत्लाङकै बच्चा हुन् । हलमा फिल्मसम्म नहेरेका सिंगीलाई लामो समय प्रशिक्षण गराएपछि केसी अभिनय गराउन सफल भएका थिए । सिंगीले खारिएको कलाकारजस्तै जीवन्त अभिनय गरेको केसीले सुनाए । फिल्ममा सिर्जना, सिंगी, अर्पणसहित सौगात मल्ल र विद्या कार्कीको पनि मुख्य भूमिका रहेको छ । रंगकर्मी विमल सुवेदी पनि फिल्मको निर्माता तथा कास्टिङ डाइरेक्टर हुन् ।
नेपालमा भने डाइङ क्यान्डल अर्को वर्षको असारमा रिलिज हुने भएको छ । यस फिल्मलाई चलत्रि विकास बोर्डले गरेको राष्ट्रियस्तरको स्क्रिप्ट लेखन प्रतियोगितामा प्रथम पुरस्कार जितेको थियो, जतिबेला निर्देशक चाहिँ ओस्कार कलेजमा पढ्दैथिए ।

Comments