पल र वर्षाको काँधमा ‘नाई नभन्नु ल-४’
screennepal
प्रकाशित: २०७२, १ चैत्र सोमबार
no img

काठमाडौं । एउटै टिमसँग निरन्तर तीन वर्ष काम गर्न पाउँदा कस्तो होला ? यो अनुभव अभिनेत्री प्रियंका कार्कीले सोमबार पत्रकारसँग साटिन् । चलचित्र ‘नाई नभन्नु ल–४’ को टे«लर तथा गीत रिलिज कार्यक्रममा बोल्दै उनले भनिन्, ‘एउटै टिमसँग निरन्तर तीन वर्ष काम गर्दा एउटै परिवारजस्तो भएको अुनभूति भएको छ ।’ उनले उक्त टिममा नव प्रवेशी कलाकार पल शाह र बर्षा राउतलाई शुभकामना पनि दिइन् । यस चलचित्रमा प्रियंका फरक रुपमा देखिने भएकी छन् । ‘नाई नभन्नु ल ४’ यही चैत्र २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

pal-aachal-and-barsha
कार्यक्रममा ट्रेलर र एक गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा चलचित्रका निर्देशक विकास आचार्य, सरोज खनाल, प्रियंका कार्की, अनुभव रेग्मी, पल शाह, बर्षा राउत, आँचल शर्मा उपस्थित थिए । यसै चलचित्रबाट डेब्यू गर्न लागेका मोडल पल शाहले चलचित्र चलेको खण्डमा आफूले नसोचेको कुरा हुने बताए । उनले आफूले धेरै म्यूजिक भिडियो खेल्दा चलचित्रलाई केही अप्ठ्यारो परेको स्विकार गर्दै अहिले फिल्टर गरिरहेको सुनाएका थिए ।
निर्देशक विकास आचार्य बोल्न मानेनन् । उनले सबै कुरा चैत्र २६ गते नै बोल्ने बताएपनि पत्रकारको आग्रहमा केही जवाफ दिए । यसभन्दा अगाडि नायक जीवन लुइटेल र आर्यन सिग्देलसँग काम गरेका विकासले यसपटक नयाँ नायक पल शाहको काँधमा चलचित्र सुम्पेका छन् । उनले आफूले दुबै नायकलाई मिस गरेको भन्दै चाडै नै आर्यन सिग्देलसँग काम गर्ने चाहना व्यक्त गरे ।
पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, वसन्त सापकोटाको संगीत रहेको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद छ ।

Comments