रामायणमाथि हलिउडमा फिल्म बनाइँदै
screennepal
प्रकाशित: २०७२, ३० फाल्गुन आईतवार
no img

काठमाडौं । ‘रामायण’ लाई हिन्दी धाराबाहिक सिरियलमा धेरैपटक हेरिसकिएको छ । हिन्दु समुदायको यस पौराणिक ग्रन्थलाई अब अंग्रेजी भाषामा पनि प्रस्तुत गरिँदैछ । ‘रामायण’ लाई तीन युवाले विश्वभरका दर्शकसमक्ष प्रस्तुत गर्न लागेका हुन्, यी युवाले टिभी सिरियल, कार्टुन र एनिमेसन फिल्महरु थुप्रै बनाइसकेका छन् ।

Ramayan

समाचारमा जनाइएअनुसार अमेरिकाका क्रिएटिभ निर्देशक रोनी एलमन, वीनित सिन्हा र एस ग्राहमले ‘रामायण’ लाई अंग्रेजी भाषामा फिल्मांकन गर्न लागेका छन् । उनीहरुले अत्याधुनिक प्रविधिबाट रामायणलाई प्रस्तुत गर्ने बताएका छन् । हलिउडका चर्चित फिल्म ‘लर्ड अफ रिङ्स’ र ‘प्लानेट अफ द एप्स’ भन्दा ‘रामायण’ राम्रो बन्ने उनीहरुको दावी छ ।
निर्देशक वीनितका अनुसार संसारका मानिस हलिउड, जापान र चीनका ‘ब्याटम्यान’, ‘सुपरम्यान’, ‘स्टारवार्स’लगायतका फिल्म जान्दछन् । तर, पूर्वीय मुलुकका कथा चर्चित भएका छैनन् । त्यसैले फिल्मको माध्यमबाट ‘रामायण’ जस्ता कथालाई संसारभर फैलाउनु जरुरी रहेको वीनितको कथन छ । ‘रामायण’ ‘थ्रिडी’ र ‘आइम्याक्स’ प्रविधिमा निर्माण गरिने समेत बताइको छ । -Agency

Comments