मोदीलाई अभिनेत्री रविनाको खुलापत्र
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

मुम्बई । बलिउड अभिनेत्री रविना टन्डनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई वन र वन्यजन्तुको सुरक्षाको सुनिश्चित गर्न आग्रह गरेकी छन् । रविनाका अनुसार दिल्ली–मुम्बई औद्योगिक गलियारा परियोजनाका कारण वन्यजन्तुको प्राकृतिक आवास नष्ट भएको छ । १४८३ किलोमीटरका उक्त गलियारा औद्योगिक विकास सरकारी परियोजना हो, जसमा एक सय बिलियन डलर लागत छ । यो गलियारा ६ राज्यमा फैलिएको छ ।

Raveena-Tandon
यस परियोजनाले जनवारलाई प्रभाव परेको रविनाको भनाइ छ । रविना जनावरको संरक्षण संस्था ‘पेटा’मा आवद्ध छिन् ।  प्रधानमन्त्री मोदीलाई खुला पत्र लेख्दै ४१ वर्षीया रविनाले भनिन्, ‘मुम्बईको आसपासका अधिकांश वन क्षेत्र पहिले पनि नस्ट भएको थियो । एक सानो हरित क्षेत्रमा जनावर छन्, जो अब त्यो पनि रहेन । प्राकृतिक विनाशले भारतीय वन्यजन्तुका लागि सबैभन्दा खतरा छ ।’ पेटाले उक्त परियोजना नै बन्द गर्न भनेको छ ।

Comments