गिनिज बुकमा सोनाक्षीको नाम (केही तस्बिरसहित)
screennepal
प्रकाशित: २०७२, २८ फाल्गुन शुक्रबार
no img

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अन्तर्राष्ट्रिय महिला दिवस’ को अवसरमा एक नयाँ उपलब्धी हासिल गरेकी छन् । यी अभिनेत्रीले ‘गिनिज बुक’ मा आफ्नो नाम लेखाएकी छन् । उनले आफ्नो नङ सबैभन्दा पहिलो रंगाएर यो रेर्कड राखेकी हुन् । सोनाक्षीले एक कलर कस्मेटिक निर्माता इन्ग्लोट र यसको ारतीय साझेदार ब्रान्डले आयोजना गरेको शोमा सहभागी जनाएकी थिइन् । उक्त शोमा १३२८ महिलाले एकैसाथ नङमा रंग लगाएका थिए । यस शोमा सोनाक्षीका अलावा उनकी आमा पूनम सिन्हाले पनि सहभागिता जनाएकी थिइन् । सोनाक्षीले उक्त इभेन्टको तस्बिर र भिडियो ट्विटरमा पनि शेयर गरेकी छन् । एक अन्तरवार्तामा सोनाक्षीले भनिन्, ‘महिला दिवसमा यस प्रतियोगिताको हिस्सा बन्न पाएकामा खुसी छु । गिनिज वल्र्ड रिकर्डसमा नाम लेखाउन आफैमा सरहानीय कुरा हो ।’

Sonakshi (2) Sonakshi (1) Sonakshi (3)

Comments