नेपाली र अंग्रेजी भाषामा चलचित्र बनाउँदै मनिषा
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले पुनः नेपाली चलचित्र क्षेत्रमै सक्रिय हुने इच्छा व्यक्त गरेकी छन् । केही दिनयता काठमाडौंमा रहेकी मनिषाले राजधानीमा आयोजित एक कार्यक्रममा भनिन्, ‘अब चाँडै नेपाली चलचित्र निर्माण तथा निर्देशन गर्दैछु ।’ उनी सुशील आर्टस् एकेडेमीले आयोजना गरेको ‘म्युजिकल ब्रोड–वे शो’जमा बोल्दैथिइन् ।

manisha-koirala-759

File Photo

करिब साढे दशकअघि नेपाली चलचित्र ‘फेरी भेटौंला’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्नसाथ बलिउड इन्ट्री गरेकी मनिषाले केही वर्षअघि ‘धर्मा’ मा अभिनय गरेकी थिइन् । लामो समयपछि उनले अभिनय उक्त चलचित्रले खाशै व्यापार गरेन । हिन्दी फिल्म ‘सौदागर’ मार्फत करिअर सुरु गरेकी मनिषा बलिउडमा एक सफल अभिनेत्री मानिन्छिन् ।
यिनै बलिउडकी चर्चित अभिनेत्री नेपाली चेली मनिषाले अहिले आफूले निर्माण गर्ने चलचित्रको स्क्रिप्ट समेत भइसकेको बताएकी छन् । उनका अनुसार आफ्नो चलचित्रका लागि कलाकारसमेत चार्ड तय हुनेछन् । मनिषाको निर्माण तथा निर्देशन रहने उक्त चलचित्र अन्तराष्ट्रिय प्रोजेक्टको हुनेछ, जसलाई नेपाली र अंगे्रजी भाषामा हुनेछ । ‘चाँडै मेरो प्रोजेक्टबारे जानकारी गराउँने छु’ उनले भनिन्, ‘यतिचाहिँ अहिले नै भन्छु, मैले बनाउने चलचित्र दुई भाषाको हुनेछ ।’

Comments