लिंगभेद मुद्दा चर्चाको विषय बन्न सकेकै छैन : करिना
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

मुम्बई । बलिउड अभिनेत्री करिना कपूरको भनाइमा नारीको मुद्दा अझै चर्चाको विषय बन्न सकेको छैन । यो कुरा उनले केही दिनअघि बताएकी हुन् । जतिखेर मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवशको चर्चा सुरु भइसकेको थियो । विभिन्न कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय नारी दिवश’ मनाइरहँदा आज उनै करिनाको भनाइलाई स्मराण गरिएको हो । करिनाले एक कार्यक्रममा भन्निन्, ‘लिंगभेद एक यस्तो मुद्दा हो, जो अहिले पनि चर्चाको केन्द्र बन्न पाएको छैन ।’ हुन पनि भारतमा नारीहिंसा अर्थात् लिंगभेद एउटा मुख्य समस्या बनेको छ ।

Kareenakareena
३५ वर्षीया करिना आर. बाल्कीद्वारा निर्देशित फिल्म ‘की एण्ड का’ मा देखिँदैछिन् । आफूलाई नारीवादी बताउने करिना फिल्ममा अर्जुन कपूरसँग देखिँदैछिन् । फिल्ममा उनी एक घृहिणीको भूमिमा छिन् । अर्जुनको पत्नीको भूमिकामा रहेकी करिना कपूर करिअरप्रति सजग र महत्वाकांक्षी महिला हुन्छिन् ।
करिनाले भनिन्, ‘लिंगभेदको अवधारणाबाट यो फिल्म धेरै फरक छ । यो एक यस्तो मुद्दा हो, जसलाई कोही उठाउँदैनन् ।’ फिल्ममा घरमा बस्ने एक पति छन् र एक महिला, जो काम गर्न चाहन्छिन् । करिना भन्छिन्, ‘आजभोली हरेक क्षेत्रमा महिलाले काम गरिहेका छन् । महिलाले सधै अग्रणी भूमिका निर्वाह गरिहेको हुन्छ ।’ वास्तवमै २० वर्षअघिको तुलनामा अहिले महिलाहरु आत्मनिर्भर देखिएका छन् । पछिल्लो समय अभिनेता सलमान खान अभिनीत फिल्म ‘बजरंगी भाईजान’ मा देखिएकी करिनाले भनिन्, ‘एक महत्वाकांक्षी युवा महिलाको भूमिकालाई वास्तविक र विश्वसनीय बनाउन चुनौतीपूर्ण थियो ।’

Comments