‘परीको घडी’ बन्न बिहान–बिहानै स्कुलमा विद्यार्थी
screennepal
प्रकाशित: २०७२, २५ फाल्गुन मंगलवार
no img

काठमाडौं । विभिन्न नाटक प्रतियोगितामा सहभागी गराउँदै आएको विद्या विकास बोर्डिङ स्कुलले नयाँ नाटकको तयारी गरिरहेको छ । गोठाटारमा रहेको यस स्कुलले पढाईका अतिरिक्त समय समयमा नाटक मञ्चन गर्दै आएको हो ।

dramaa
यहि फागुन ३० गते स्कुलले जोरपाटी नयाँबस्तीमा रहेको ख्वापा नाट्यशालामा ‘परीको घडी’ नाटक मञ्चन गर्न लागेको छ । उक्त नाटक एकैदिन २ शो मञ्चन गर्ने हुँदैछ, जसका लागि अहिले विद्यार्थी रिहर्सलममा छन् । नाटक रिहर्सल गर्नकै लागि विद्यार्थीहरु बिहानै स्कुल आउने गरेका छन् ।
नाटक स्कुले बालबालिका सम्बन्धित कथावस्तु रहेको विद्याविकासका शिक्षक प्रविन खड्गीले बताए । ‘परीको घडी’ नाटकमा खड्गी कै परिकल्पना तथा लेखन रहेको छ । स्कुलको ट्यालेन्ट विद्यार्थी प्यारेन्स् डेमा डान्स गर्ने क्रममा स्टेजमा लड्छ र प्यारालाइसिस् हुन्छ । उ ह्विल चियरको साहाराले स्कुल आवत–जावत गर्न थाल्छ । उसलाई साथीभाईले उत्तिकै माया गर्छन् । तर, ऊ आफूलाई अरुजस्तै हिड्डुल गर्न नसकेकोमा मन भिन्न बोध गर्छिन् । यस नाटकमा यिनै कुरालाई मञ्चमा उतार्न लागिएको यस नाटकका निर्देशक प्रदिप खड्गीले बताए ।
नाटकमा मनिष खड्का, निशाा धिताल, नविना कार्की, बिपना गिरि, सुजाता न्यौपाने, शैलेन्द्र दाहाल, सचिन कँडेल, श्याम लामा, दीक्षा चौलागाई, सुशान्त तामाङ, कृति न्यौपाने, अंकित सुनुवार, प्रतिक खड्का, शिशिर परियार, अनुषा पुडासैनी, करिष्मा बस्नेत, सुशील मल्ललगायतले अभिनय गर्ने भएका छन् ।

Comments