हलिउड यात्राको पालो अब गौहरको
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

मुम्बई, (एजेन्सी) । बलिउड अभिनेत्रीहरु पछिल्लो समय हलिउडप्रति आकर्षित हुन थालेका छन् । बलिउडमा नाम र दाम कमाइरहेका अभिनेत्रीहरु अहिले हलिउड छिर्ने क्रम बढेको छ । यस पंक्तीमा गौहर खान पनि परेकी छन् । अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणपछि यी बलिउड अभिनेत्री अब हलिउड छिर्ने भएकी हुन् ।

gauhara
टिभी रियालिटी शो ‘बिग बोस’ को सातौ सिजनमा देखिएपछि रातारात चर्चामा गौहर हलिउड फिल्म ‘सोलार इलिस्केप डेप्थ अफ डार्कनेश’ को एउटा गीतमा देखिने भएकी छन् । यो चलचित्र भारत र विभाजनपछिको भारतको कथामा आधारित रहेको बताइन्छ । यसअघि गौहरले सिानो पर्दाको झलक दिख लाजा’ आफूलाई प्रस्तुत गरिसेकी छन् । उनी पछिल्लो समय फिल्म ‘क्या कूल है हम–३’ मा आईटम नम्बरमा देखिएकी थिइन् । मोडलिङ हुँदै अभिनयमा हाम्फालेकी गौहर अबका दिनमा अभिनयमा करिअर बनाउँन चाहन्छिन् ।

Comments