प्रधानमन्त्रीले हेर चलचित्र सुखानी सहादत
screennepal
प्रकाशित: २०७२, २२ फाल्गुन शनिबार
no img

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान गुण सिनेमा हल पुगेर चलचित्र ‘सुखानी सहादत’ हेरेका छन् । दुई घन्टा २० मिनेटको यो फिल्मलाई हलमै बसेर प्रधानमन्त्री ओलीले पुरै हेरेका हुन् ।  २१ फागुनलाई सुखानी सहादत दिवसको रुपमा मनाउने गरिएको छ । सोही दिवसको अबसर पारेर यो चलचित्रको शुक्रबार गुण सिनेमा हलमा बिशेष प्रदर्शनी गरिएको हो । सो फिल्मको प्रदर्शन उद्घाटन प्रधानमन्त्री ओलीले गरेका थिए ।

sukhani sahadatta chariti in pm  (1)
तात्कालिन निर्दलीय पञ्चायन व्यबस्था बिरुद्ध झापा संघर्षका क्रममा सहादत प्राप्त गर्ने पाँच सहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, बिरेन सिंह राजबँशी, कृष्ण कुईकेल र नारायण श्रेष्ठलाई मन्त्री परिाषदको निर्णयले दुई दिन अघि मात्र राष्ट्रको सहिद घोषणा गरेको थियो । यस्ता सहिदको जीबन गाथालाई चलचित्रमा उतारेर ‘सुखानी सहादत’ निर्माण गर्नु सराहनीय कार्य भएको प्रधानमन्त्री ओलीले बताए । चलचित्र उत्कृष्ट र यथार्थपरक बनेको प्रधानमन्त्री ओलीको भनाई िथयो । चलचित्र हेरिसकेपछि कलाकार र प्राविधिकसँग सामुहिक तस्बिर खिचाउँदै दुई दिन भित्र यो चलचित्रका कलाकारहरुसँग विशेष भेट गर्ने पनि ओलीले प्रतिबद्धता जनाए ।
यो चलचित्रको राजधानी र मोफसलका विभिन्न आठ स्थानमा बिशेष प्रदर्शनी तय भएको यसका निर्देशक दिपेन्द्र दाहालले बताए । सेन्सरले काट्नु भनेको ‘भारतीय अतिक्रमण’, ‘सिमा मिच्न पाईँदैन’ र ‘महेसपुरको सिमा स्तम्भ’को दृष्य नकाटी यो फिल्म प्रधानमन्त्रीलाई देखाईयो ।
यो चलचित्रमा शुशिल पोखरेल, असारु राजबँशी, सुदिप कुँवर, राज श्रेष्ठ, लक्ष्मण बिक्रम बस्नेत, रमेश केसी मट्टारे, विधा कार्की, राधा श्रेष्ठ, अञ्जु निरौला, लक्ष्मी चौधरी सहितको अभियन यो चलचित्रमा रहेको छ ।

Comments