विक्रम भट्टको ‘लव गेम्स’को ट्रेलर (ट्रेलर हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, २१ फाल्गुन शुक्रबार
no img

मुम्बई । निर्माता तथा निर्देशक विक्रम भट्टको अपकमिङ फिल्म ‘लव गेम्स’ को ट्रेलर आएको छ । फिल्ममा बोल्ड सीन्स प्रसस्त रहेको बताइन्छ । हुन त यो फिल्मको नामैले बताउँछ । यस फिल्ममा अभिनेत्री पत्रलेखा मुख्य भूमिकामा छिन् । यस फिल्मले सेन्सरबाट एडल्ट सर्टिफिकेट पाएको छ । फिल्ममा पत्रलेखाले एकदमै हट सीन दिएकी छन् । ‘लव गेम्स’ मा मोनाको भूमिका निभाएकी पत्रलेखा आफ्नो पार्टनरसँग प्रेममा खेल खेल्छिन् ।
यस फिल्मको ट्रेलर दुई दिनमै ८ लाखभन्दा बढीले हेरेका छन् । मोडलबाट अभिनेता बनेका गौरव अरोडाको यो डेब्यू फिल्म हो । फिल्ममा तारा अलिशा बेरी पनि छन् । फिल्ममा बोल्ड सीनका कारण सेन्सर बोर्डले १८ दृश्यमा कैंची लगाएको छ । तर, निर्देशक भट्टले भन्छन्, ‘यस फिल्मलाई ‘ए’ सर्टिफिकेट दिएको छ किनकि, फिल्ममा एक सीन पनि हटाइएको छैन ।’ महेश भट्टको प्रोड्क्शनबाट निर्मित यो फिल्म ८ अप्रिलमा रिलीज हुँदैछ ।

Comments