हलिउडमा सावधानी अपनाउँदै प्रियंका
screennepal
प्रकाशित: २०७२, २० फाल्गुन बिहीबार
no img

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा यतिखेर आफ्नो अन्तर्राष्ट्रिय भूमिका चयनका लागि सावधानी गरिरहेकी छन् । अमेरिकी टिभी शोमा देखिसेकी उनी अब हलिउड फिल्म ‘बेवाच’ मा मुख्य भिलेनको भूमिका देखिँदैछिन् । जुन फिल्म अहिले अमेरिकाको क्यालिफोर्निया राज्यमा सुटिङ भइरहेको छ ।

Priyanka, screennepal (3)
प्रियंका हालै सम्पन्न ओस्करको रेड कार्पेट पनि देखिएकी थिइन्, जहाँ उनले एक विजेतालाई पुरस्कार प्रदान गर्न समेत भ्याइन् । प्रियंकाले भनिन्, ‘म यस कुरालाई लिएर एकदमै गम्भीर छु कि हिन्दी फिल्मजगतमा मेरा एक स्थान छ । र, यसले मेरो पहिचानलाई कुनै नोक्सान नगरोस् । म आफ्नो हलिउड प्रोजेक्टमा पनि उही स्थान हासिल गर्न चाहन्छु ।’

Priyanka, screennepal (2)

हलिउड फिल्म ‘बेवाच’को एक दृश्यमा प्रियंका

उनले टिभी शो ‘क्वान्टिको’मा आफ्नो नामअनुसार नभएको पनि बताइन् । प्रियंकाले भनिन्, ‘यसपछि ‘बेवाच’ मा पनि मैले मुख्य भिलेनको भूमिका निभाउँदैछु ।’ तर, जे भने पनि ‘क्वान्टिको’मा देखिएपछि उनी अमेरिकी दर्शकको मनमा एउटा बेग्लै स्थान बनाइएी छन् ।
प्रियंकाले भनिन्, ‘जब कामलाई स्वीकार गईन्छ त्यो विस्तारै आफूलाई राम्रो लाग्दै जान्छ । यो धेरै आवश्यक पनि छ । जब मैले टिभी शोमा एलेक्सको किरदार गर्न तयार भएँ, मलाई एकदमै राम्रो लाग्यो । कतिले मलाई हवाई अड्डमा रोएर सोध्थे, ‘आतंकवादी हो ? यसले के कुरा थाहा हुन्छ भने छोटो भूमिकाले पनि मानिसलाई प्रभाव पार्दोरहेछ ।’

Priyanka, screennepal (1)
भारतमा ‘बाजीराव मस्तानी’ मा आफ्नो भूमिकाले उनले खुबै सराहना बटुलिन् । त्यसपछि फेरि उनले ‘जय गंगाजल’ मा आफ्नो जलवा देखाउँदैछिन् । प्रकाश झाको यस फिल्म यही शुक्रबार रिलिज हुँदैछ । प्रियंकाले यस फिल्मले दर्शकलाई सशक्त मनोरञ्जन प्रदान गर्ने दावी गरेकी छन् ।
पूर्वमिस वल्र्डसमेत रहेकी प्रियंकाले अभिनयमा कुनै प्रशिक्षण लिएकी छैनन् । उनी आफ्नो पूरै करिअर हिन्दी सिनेमालाई मान्छिन् । प्रियंका भन्छिन्, ‘हिन्दी फिल्ममा काम गगरेपछि मैले धेरै कुरा सिक्न पाएँ । मलाई क्यामेरासँग डर लाग्दैन । म सधैं क्यामेराको अगाडि हुन्छु त के गरौं ।’ (Agency)

Comments