दर्शनाले ल्याउँदै ‘लण्डन ह्याज फलेन’ (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७२, २० फाल्गुन बिहीबार
no img

काठमाडौं । नेपाली र बलिउड फिल्म बितरण गर्दै आएको दर्शना आर्टसले अब हलिउड फिल्मको पनि वितरण गर्ने भएको छ । दर्शनाले वितरण गर्ने पहिलो हलिउड फिल्म ‘लण्डन ह्याज फलेन’ यही शुक्रबारदेखि रिलिज हुँदैछ ।
यो शुक्रबार अभिनेता भुवन केसीको ‘ड्रिम्स’ र दिनेश डिसीको ‘फुलै फुलको मौसाम तिमीलाई’ रिलिज हुँदैछ । ती दुई फिल्मबिच व्यवसायिक प्रतिस्पर्धा देखिन्छ । यद्दपी, हलिउड र बलिउड फिल्मका कारण नेपाली फिल्मको व्यापार काट्ने सम्भावना पनि उत्तिकै छ ।
दर्शनाको वितरण रहेको हलिडउ फिल्मबाट पनि राम्रो ब्यापार गर्ने आशा गरिएको छ किनकि नेपाली दर्शक हलिउड फिल्मप्रति पनि आकर्षित छन् । पछिल्लो समय नेपालमा रिलिज भएको हलिउड फिल्म ‘डेडपुल’ र ‘द रिभिनेन्ट’ले करोडौको कारोबार गरेका थिए । एक्सन जनराको यो फिल्ममा अभिनेता ग्रेड बुटलर, मोर्गन फ्रिम्यान, एन्जिला बस्सेट, आरोन ईकहार्ट लिड रोलमा छन् । दर्शना आर्टसका प्रबन्ध निर्देशक गोबिन्द सापकोटाले हलिउड फिल्म वितरणलाई निरन्तरता दिने बताए ।

Comments