‘तिमी को हौ भनि नसोध्नु है प्रिये…’ (भिडियो)
screennepal
प्रकाशित: २०७२, १९ फाल्गुन बुधबार
no img

काठमाडौं । प्रिय मान्छे खुसी हँुदा आफू पनि खुसी नहुने कुरै भएन । गायक ब्रविम शेर्मा लिम्बूलाई पनि यस्तै अनुभूति भएको छ । त्यसैले त उनले गाए, ‘हो प्रिये, यदि तिमी हाँसी–खुसी रहयौ भने मेरो जीन्दगी नै सारा उज्यालो भइदिन्छ’ । गीता पालुङ्वाको यस मिठास शब्दमा ब्रविमले माधुर्र स्वर दिएका छन्, जसलाई म्युजिक भिडियोमा ल्याइएको छ । ‘तिमी को हौ’ टाइटद दिइएको यस गीतलाई सुन्दा जति माधुर्य लाग्छ, भिडियो हेर्दा झनै आनन्द आउँछ । यस गीतको भिडियोमा एक क्रान्तिकारी युवाको कथालाई प्रेमात्मक रुपमा उजागर गरिएको छ ।
डिल्लीविक्रम शेर्माको संगीत रहेको यस भिडियोमा अभिनेता सविन श्रेष्ठ र आशा सुहाङले अभिनय गरेका छन् । अर्जुन तिवारीको छायांकन, टेकेन्द्र यक्सोको एरेन्ज, निशान घिमिरेको सम्पादन र युगल पोमोको निर्देशन रहेको यस भिडियोलाई धेरैले रुचाएका छन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments