सुदर्शनको ‘हिम्मतवाली’ बन्दै ‘पपस्टार’ स्मृति
screennepal
प्रकाशित: २०७२, १९ फाल्गुन बुधबार
no img

smriti, screennepal (1)

काठमाडौं । अभिनेत्री रेखा थापा निर्मित चलचित्र ‘हिम्मतवाली’ मार्फत रजतपटमा भित्रिएका सुदर्शन गौतम अहिले ‘हिम्मतवाला’ बन्न खोजिरहेका छन् । चलचित्र ‘हिम्मतवाला’ निर्माण गरेर उनी हिम्मतवाला बन्न लागेका हुन् । अप्रिल पहिलो हप्ताबाट छायांकन सुरु हुन भनिएको यस चलचित्रमा सुदर्शन सोलो नायकका रुपमा देखापर्दैछन् । यसै चलचित्रमार्फत गायिका तथा मोडल स्मृति पोखे्रल नायिकामा डेब्यु गर्दैछिन् ।

smriti, screennepal (2)

अष्ट्रेलिया बस्दै आएकी स्मृति हिजोआज नेपालमै छिन् । स्मृतिले चलचित्रबारे कुरा गर्दै आफू ‘हिम्मतवाला’लाई लिएर निकै उत्साहित रहेको बताएकी छन् । हालै मात्र ‘पपस्टार’ नामक एल्बम ल्याएकी उनले आफ्नो अभिनयबाट पनि दर्शकको मन जित्न सक्ने विश्वस्त लिएकी छन् । यस चलचित्रको छायांकनका क्यानडामा हुने भनिएको छ ।
‘हिम्मतवाला’ लाई ईश्वर थापाले निर्देशन गर्ने भएका छन् भने निर्माण हरि सिवाकोटीले गर्न लागेका हन् । चलचित्रमा दीलिप रायमाझीले नृत्य निर्देशनको जिम्मा सम्हालेका छन् भने चन्द्र पन्तको द्धन्द्ध निर्देशन रहनेछ । चलचित्रमा सुदर्शन र स्मृतिका अवाला पुष्कर भट्टको पनि मुख्य भुमिका रहने जनाइएको छ ।

Comments