शाहरुखलाई थप्पड हान्ने को थियो ? (फ्यानको ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७२, १८ फाल्गुन मंगलवार
no img

Bollywood-Actor-Shah-Rukh-Khan1

नयाँदिल्ली । बलिउड सुपरस्टार शाहरूख खानले आपाm्नो अपकमिङ फिल्म ‘फ्यान’ को ट्रेलर लञ्च कार्यक्रममा यस्तो बताए, जो पहिलोपटक सुन्दा आश्चार्य लाग्छ । शाहरूखले भने, ‘म पहिलोपटक ट्रेनमा मुम्बई आएको थिएँ । त्यस दौरानमा एकजनाको जोरदार थप्पड मारेको थियो ।’ उनले मुम्बई छिर्ने लोकल ट्रेनबारे त्यो समयमा थाहा नभएको बताउँदै भने, ‘मेरो सिटमा मलाई नै बस्न दिइएन । यो मेरो सिट हो । मैले यस सिटको पैसा तिरेको छु भन्दा उल्टै थप्पड खाएँ ।’
थप्पड हान्नेले ‘यो तिम्रो सिट नभएर सबैको भएको’ बताएको पनि उनले सुनाए । फिल्म ‘फ्यान’ मा शाहरुख, गौरव नामक प्रशंसकको भूमिकामा देखिँदैछन् । गौरव आर्यन खन्नाको ठूलो फ्यान हुन्छन् । आर्यन बनेर शाहरुख खान फिल्ममा सुपरस्टारको भूमिकामा छन् । यो फिल्म १५ अप्रिलमा रिलिज हुँदैछ ।

Comments