लियोनार्दोले ओस्कर पाउँदा मिनेटमै ४,४०,००० पटक ट्वीट !
screennepal
प्रकाशित: २०७२, १८ फाल्गुन मंगलवार
no img

lionardo-win-award

लस एञ्जल, (एजेन्सी) । हलिउड अभिनेत्री लियोनार्डो डिक्याप्रिया लामो समयको अन्तरालपछि यसपटक ओस्कर जिते भने उक्त दिन उनका लागि एक विशेषसमेत भएको छ । जबकि, उनले ओस्कर जितेको दिन अहिलेसम्मकै सबैभन्दा बढी ट्विट भएको छ । लियोनार्दोले फिल्म ‘द रेभिनान्ट’ मार्फत उत्कृष्ट अभिनेताको ओस्कर पुरस्कार जितेका हुन् । इन्टरटेनमेन्ट विकलीका अनुसार यस बहुप्रतिक्षित पलमा हरेक मिनेट ४ लाख ४० हजार पटक ट्वीट भएको थियो । जुन एक रेकर्ड हो ।

यसअघिको रेकर्ड सन् २०१४ को ओस्कर समारोहको थियो । जब प्रस्तोता एलेन डिजेनरेसले केही सेलिबेटीसँग गएर सेल्फी लिएपछि हरेक मिनट २ लाख ५५ हजार पटक ट्वीट गरिएको थियो । पुरस्कार समारोहका दोस्रो सबैभन्दा बढी ट्वीट गरिएको पल ‘स्पोटलाइट’ ले सर्वश्रेष्ठ फिल्म पुरस्कार जितेपछि भयो, जबकि ‘मैड मैक्स फ्यूरीस रोड’ को साउन्ड मिक्सिङले पुरस्कार पाउँदा भएको ट्वीट तेस्रो भएको छ ।

Comments