२१ फागुनबाट इन्द्रदेव सञ्चालनमा आउँदै
screennepal
प्रकाशित: २०७२, १८ फाल्गुन मंगलवार
no img

चितवन । नाराणगढमा ८३२ सिट क्षमताको सुविधा सम्पन्न सिनेमा हल सञ्चालनमा आउने भएको छ । २०५४ सालबाटै सञ्चालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरलाई दर्शकको सल्लाह–सुझावअनुसार पुननिर्माण गरेर सञ्चालनमा ल्याइन लागेको हो । उक्त सिनेमा हलमा यहि फागुन २१ गतेबाट पुनः संचालनमा आउन लागेको हो ।

Indra Dev, screennepal (1)
२०५४ सालमा १ करोड बढी लगानीमा ७९५ सिट क्षमतामा निर्माण गरिएको सो हललाई अहिले ५ करोडको लगानीमा पुननिर्माण गर्दै ८३२ दर्शक क्षमताको बनाइएको छ । अत्याधुनिक र बिशेष सुविधायुक्त हलमा रुपान्तर गरिएको यस इन्द्रदेव चलचित्र मन्दिर सिल्भर स्क्रीन नेपालकै ठुलो हल बनेको हो । हलमा पूर्ण एयर कन्डिसन, आधुनिक डिजिटल मेशिन टु के ट्वान्टी बारको प्रोजेक्टरबाट फिल्म प्रदर्शन, थ्रीडी फिल्म हेर्न मिल्ने, थ्री–वे साउन्डलगायतको विशेष सुविधा रहने छ । माथि ३१७ सिट क्षमता भएको पोल्टिनियमको टिकट रु २५० र तल ५१५ सिट भएको गोल्डको टिकट रु २०० मूल्य निर्धारण गरिएको छ । यस सिनेमा हलमा पहिलोपटक चलचित्र ‘ड्रिम्स’ रिलिज गरिँदैछ ।

Indra Dev, screennepal (2)

Comments