आयो ‘रादहानी’को गीत (ट्रेलरसहित)
screennepal
प्रकाशित: २०७२, १८ फाल्गुन मंगलवार
no img

काठमाडौं । वैदेशिक रोजगारीको कथाव्याथा बोकेको चलचित्र ‘राहदानी’ को रिलिज मिति नजिकिँदै गर्दा प्रमोसनलाई पनि तिव्र बनाइएको छ । पत्रकार डब्बु क्षत्री निर्देशित यो चलचित्र आउँदो १२ चैतमा प्रदर्शनमा आउँदैछ । यस चलचित्रको सोमबार राजधानीमा एक समारोह बीच गीत सार्वजनिक गरिएको छ । गीतिसंग्रहको चलचित्रका गीतकार एवं शसस्त्र प्रहरीबल प्रहरी नायव महानिरिक्षक शैलेन्द्र खनाल, संगीतकारद्धय गैरे सुरेश र जुगल डंगोल, नृत्य निर्देशक राजु शाह, प्रस्तुतकर्ता लक्ष्मीप्रसाद ढकाल, गायिका निशा देशार, गायक प्रमोद खरेल र प्रदर्शक वितरक गोपाल कायस्थलगायतले संयुक्तरुपमा बिमोचन गरेका थिए ।

movie rahadani photo (1)
प्रस्तुतकर्ता ढकालका अनुसार चलचित्रले वैदेशिक रोजगारमा कोही नठगिउँन र उनीहरुलाई स्वदेशमै रोजगारीको व्यबस्था गरियोस् भन्ने भन्ने सन्देश दिएको छ । शसस्त्र प्रहरी बल प्रहरी नायव महानिरीक्षक शैलेन्द्र खनाल ‘शरद’ले आफ्नो गीतले चलचित्र राहदानीमा बिदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा केही गरौं भन्ने सन्देश दिने दावी गरे । संगीतकार जुगल डंगोलले चलचित्रका चारओटै गीत फरक र कर्णप्रिय बनेको बताए ।
पत्रकार बिदुर गिरीले राहदानी सन्देश मुलुक चलचित्र भएकाले यसलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरे भने वितरक एवं प्रदर्शक गोपाल कायस्थले आफुले चलचित्र प्रदर्शनमा विशेष सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम गायक प्रमोद खरेलले चलचित्रको बियोगान्त गीत जिन्दगीको गोरेटोमा…र गायिका निशा देशारले चलचित्रको मारुनी गीत साउनको ठुलो झरी…गाएका थिए ।

movie rahadani photo (2)
मलेशियामा चार शो प्रदर्शनी गरिएको राहदानी आगामी १२ चैतबाट मलेशियाका विभिन्न शहरमा पुन प्रदर्शन गरिने यसका लेखक निर्देशक डब्बु क्षत्रीले बताए । उनका अनुसार चलचित्रमा राष्ट्रिय भावनाको गीत मेरो देश…, जिन्दगीको गोरेटोमा…साउनको ठुलो झरी…र आईटम गीत गुन्यु चोली… छन् । चलचित्रको चार गीतमा गैरे शुरेस, बसन्त सापकोटा, चेतन सापकोटा र जुगल डँगोलको सँगीत छ । यी गीतहरु शैलेन्द्र शरद, चण्डि श्रेष्ठ, डा. गोबिन्द कुसुम र डब्बु क्षत्रीले लेखेका हुन् । जसमा सानिध्य खनाल, प्रमोद खरेल, निशा देशार र दुर्खा खरेलका स्वर छन् । क्लिन भिसिडीले राहदानीको गीतिसँग्रह बजारमा ल्याएको हो ।
यो चलचित्रलाई काठमाडौंमा पपकर्न र मोफसलमा एफडीले बितरण गर्दैछ । राहदानीमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, फुपु तेन्जिङ शोर्पा, विकाश जोशी, अस्मिता बस्नेत, आयुस्मा श्रेष्ठ, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, दिनेश दुलाल लगायतका कलाकार छन्. । चलचित्रको आईटम गीतमा अभिनेत्री विश्वकर्माको नृत्य रहेको छ ।

https://www.youtube.com/watch?v=P31NyjWeDIM

Comments