ओस्करमा प्रतिष्ठाको प्रतिस्पर्धा (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
no img

लस एञ्जलस, (एजेन्सी) । फिल्मी दुनियाको गरिमामय पुरस्कार समारोह मानिन्छ, ओस्कार । तर, ओस्कर जति चर्चित छ, त्योभन्दा बढी सेलिब्रेटीबीच प्रतिष्ठितको लडाई चर्को छ । एक किसिमले हलिउडकर्मीको प्रतिष्ठाको रुपमा लिइने एकेडेमी अवार्ड ओस्कर समारोहमा फिल्मीकर्मी मात्र नभएर संसारमा धनढय तथा व्यापारीहरु पनि सहभागी हुने गर्छन्, जहाँ फिल्म निर्माताहरु त हुने नै भए । त्यसैले पनि यस समारोहमा अभिनेत्रीबीच प्रतिष्ठाको चर्को लडाई हुन्छ ।

Oscer Award 2016 (6)

Priyanka chopra

विशेषगरी उनीहरु आफूले लगाउने पहिरन तथा गर–गहनामा स्पर्धा गर्छन् । यस्तै, यसपटक पनि यस्तै देखियो । ८८औं ओस्कर समारोहका लागि लस एञ्जलसस्थित डोल्बी थिएटरमा बिछ्याइएको रेड कार्पेटमा उपस्थित हलिउड सेलिब्रेटीबीच स्पर्धा चल्यो । यसपटक हलिउड गायिका तथा अभिनेत्री लेडी गागा त चर्चामा आइन् नै, बलिउड अभिनेत्री प्रियंका चोपडाले समेत आफूतर्फ ध्यानाकृष्ट गर्न सफल भइन् । ओस्करको रेड कार्पेटमा यी दुई स्टारले लाएका गहनाले सबैको ध्यान तानेको थियो । उनीहरुले लगाएको गहना यति बहुमुल्य थियो, त्यसलाई किन्ने पैसाले एउटा सानो गाउँ किन्न सकिन्थ्यो ।

Oscer Award 2016 (5)

Lady Gaga

प्राय क्लासिक ग्ल्यामर अवतारमा देखिने २९ वर्षीया गायिका गागाले यस समारोहमा मार्लिन मुनरो स्टाइलमा देखिएकी थिइन् । तर, उनको पहिरनभन्दा पनि पनि उनले लगाएको गहनाको चर्चा बढी चल्यो । उनले कानमा करिब ८ मिलियन डलर (लगभग नेपाली ८८ करोड रुपैयाँ) बराबरको गहना लगाएकी थिइन् । ९० क्यारेटको हिरा पहिरिएर उनी रेड कार्पेटमा देखिएकी थिइन् । उनले आफ्नो हुनेवाला पतिले दिएको मुटु आकारको औंठी पनि लगाएकी थिइन् ।

Oscer Award 2016 (4)
त्यस्तै, पूर्वमिस वल्र्ड तथा बलिउड अभिनेत्री ३३ वर्षीया प्रियंका चोपडाले पनि ‘लोरेन स्वार्ज’कै हिराको गहना लगाएकी थिइन् । उनको ५० क्यारेटको हिराको कानको झुम्का लगाएकी थिइन्, जसन ३ दशमलव २ मिलियन डलर पर्छ । साथै, उनले १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको र ८ क्यारेटको अर्को औंठीको ३ लाख अमेरिकी डलरको रहेको थियो । उनको अर्को २२ क्यारेटको एक औंठी ३ दशमलव ४ मिलियन डलरको पर्ने लगाएकी थिइन् ।

Oscer Award 2016 (3) Oscer Award 2016 (1) aaa

Comments