८८औं ओस्करमा ‘द रेभिनान्ट’ हावी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १७ फाल्गुन सोमबार
no img

lionardo-win-award

लस एञ्जलस । फिल्मी दुनियाँकै सबैभन्दा गरिमामय पुरस्कार मानिएको एकेडेमी अवार्ड ओस्कारको ८८औ संस्करणमा अलेक्जेन्द्रो जि इनारीतुले ‘द रेभिनान्ट’बाट उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन ।  एञ्जलसस्थित डोल्बी स्टुडियोमा सम्पन्न समारोहमा बेस्ट फिल्मको अवार्ड भने ‘स्पट लाइट’ ले पाएको छ । ‘द रेभिनान्ट’ १२ विधामा मनोनयनमा परेको थियो ।

a
यस वर्षको सर्वोकृष्ट निर्देशकको अवार्ड आशा गरिएअनुरुप अलेक्जेन्द्रो जि इनारीतुले फिल्म पाएको बताइन्छ । ओस्कार अवार्डमा पाँचौपटक मनोनयनमा परेका लियोनार्दो डि क्यापरियोले ‘द रिवेनान्ट’बाटै उत्कृष्ट अभिनेताको अवार्ड पाए । त्यस्तै, ब्रा लारसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी छन । सर्वोत्कृष्ट सह–अभिनेता र अभिनेत्रीको अवार्ड फिल्म ‘ब्रिज अफ स्पाइस’ र ‘द डेनिस गर्ल’ बाट मार्क राइलैंस र अलिशिया विन्कांडरले पाएका छन ।

1-2
उत्कृष्ट बिदेशी भाषाको फिल्मको अवार्ड हंगेरीको फिल्म ‘सन अफ सोल’ले पाएको छ । ओस्कार अवार्डको यसपटकको संस्करणले वर्णविभेद भएको आरोप पनि खेप्नुपरेको थियो । अभिनेता एवं हास्य कलाकार क्रिस रोकले पुरस्कार समारोहमा बोल्नेक्रममा व्यंग्यात्मक शैलीमा सामाजिक विषयलाई लिएर हलिउडमा नस्लवाद भएको टिप्पणी गरेका थिए । उनको अभिव्यक्ति यसपटक चर्चाको प्रमुख विषय बन्यो । ‘सेटरडे नाइट लाइभ’ का स्टारले दोश्रोपटक ओस्कर पुरस्कार समारोहमा सहभागी भएका थिए ।

1-5
ओस्कर अवार्ड हलिउड कलाकारका लागि एक विशेष उत्सव नै मानिन्छ । यसपटकको समारोहमा केही कलाकारलाई खुशी दिएको छ भने केहीलाई दुखी बनाएको छ । हलिउडदेखि विश्वका विभिन्न चर्चित सेलिब्रेटी ओस्कर अवार्डमा सहभागी भएका थिए । बलिउड नायिका प्रियंका चोपडा समारोहमा सेतो गाउनमा उपस्थित भइन् । उनको पहिरन अन्य सुन्दरीको भन्दा तुलानात्मक रुपमा आकर्षक थियो ।

1-3

1-1

ओस्कर अवार्डका मुख्य विधाका विजेताहरु
१. बेष्ट एडप्टेड स्क्रिन प्लेः
द विग सर्ट, चाल्र्स रान्डोल्फ र अदाम म्याकी
२. बेष्ट डिरेक्टर
अलेहान्द्रो गोन्जालेज, द रेभिनान्ट
३. वेष्ट एक्टर लियोनार्दो डिक्याप्रियो
द रेभिनान्ट
४. वेष्ट एक्टर (फिमेल)
ब्री लासन, रुम
५. वेष्ट पिक्चर्स

स्पटलाइट
६. ओर्जिनल सङ राइटिङ्स

अन द वल
७. ओर्जिनल स्कोर
द हेटफूल एट
८. ओर्जिनल स्क्रिनप्ले
स्पटलाइट, जोश सिंगर र टोम मैकार्थी

Comments