…त्यसैले बाबु–छोराकै महत्वकांक्षी ‘ड्रिम्स’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १६ फाल्गुन आईतवार
no img

भुवनलाई त्यतिकै सदावहार अभिनेता भनिएको होइन,। ‘साईनो’, ‘दक्षिणा’, ‘चिनो’, ‘भाउजु’, ‘दुई थोपा आँसु’, ‘नेपाली बाबु’ र ‘करोडपती’जस्ता दर्जनभन्दा बढी चलचित्र उनका हिट छन् । ती हिटमध्ये ‘सपना’ उनका लागि पृथक बनेको थियो । अहिले आएर त्यो ‘सपना’ नामलाई नै अंग्रेजीकरण गरेका छन्  र, फेरि उनी भन्दैछन्, ‘यो मेरो महत्वकांक्षी चलचित्र हो ।’ 

-एमपी सुब्बा

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसी पुत्र अनमोल केसी अभिनीत चलचित्र ‘ड्रिम्स’ यतिखेर चर्चामा छ । रिलिज डेट नजिकिँदै जाँदा चर्चामा आउनु सामान्य पनि हो । तर, यो चलचित्र अनमोललाई मात्र नभएर भुवनका लागि पनि महत्वकांक्षी छ अर्थात् बाबु–छोरा चाहन्छन्, ‘ड्रिम्सले दुवैको कमाल गरोस् ।’ तीन दशकको कलाकारिता करिअरमा भुवनले ‘ड्रिम्स’मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । त्यसैले यो चलचित्र भुवनका लागि महत्वकांक्षी हो ।

_MG_6891 - Copy - Copy
भनिन्छ, चलचित्र हिट भएरमात्र हुँदैन, त्यो चलचित्र दर्शकको मानसपटलमा पनि अढिन सक्नुपर्छ । यस सन्दर्भमा ‘ड्रिम्स’ अनमोलका लागि महत्वकांक्षी छ । यसअघि ‘जेरी’लगायत केही ‘हिट’ चलचित्र दिइसकेका अनमोल एक किसिमले दर्शकको मनमा बस्न सफल भइसकेका छन् । तर, सबैखाले दर्शकको मनमा उनी नहुन पनि सक्छन् । उदाहरणका लागि अनमोल पिता भुवन केसी नै काफी छन् ।

_MG_7380 - Copy
भुवनले करिब तीन दशकअघि चलचित्र ‘जुनी’मार्फत रजतपटमा सानदार डेब्यु गरे । त्यसपछि उनले ‘सम्झना’, ‘कुसुमे रुमाल’ ‘दक्षिणा’ जस्ता लगातार हिट चलचित्र दिए । तर, ती चलचित्र हिट त भए दर्शकको बस्न भने ‘सपना’ बाट सफल भए उनी । यो कुरा कुनै समय अभिनेता भुवनले आफैले बताएका थिए । हुन पनि हो । अहिले पनि उनको नाम लिँदा त्यही ‘सपना’ नेपाली दर्शकको आँखामा नाच्ने गर्छ । त्यो चलचित्रमा ‘सपना सपना’ बोलको गीतमा दौरा–सुलवारसँग नाचेको दृश्य नेपाली दर्शकको मन र आँखामा अझै झल्झली हुनैपर्छ र भुवनको पनि । त्यसैले उनले आफ्नो पहिलो निर्देशनको चलचित्रको नाम ‘ड्रिम्स’ अर्थात् सपना राखे ।

_MG_6016 - Copy - Copy
हुन त भुवनलाई त्यतिकै सदावहार अभिनेता भनिएको होइन,। ‘साईनो’, ‘दक्षिणा’, ‘चिनो’, ‘भाउजु’, ‘दुई थोपा आँसु’, ‘नेपाली बाबु’ र ‘करोडपती’जस्ता दर्जनभन्दा बढी चलचित्र उनका हिट छन् । ती हिटमध्ये ‘सपना’ उनका लागि पृथक बनेको थियो । अहिले आएर त्यो ‘सपना’ नामलाई नै अंग्रेजीकरण गरेका छन्  र, फेरि उनी भन्दैछन्, ‘यो मेरो महत्वकांक्षी चलचित्र हो ।’
चलचित्र ‘ड्रिम्स’ यही २१ फागुनमा प्रदर्शनमा आउँदैछ । आफ्नो महत्वकांक्षी चलचित्रको रिलिज डेट नजिकिँदै जाँदा भुवनको निद्रासमेत लाग्न छाडेको छ । प्राय बिहान ढिलोसम्म सुत्ने भुवन हिजोआज चाँडै उठ्न थालेका छन् । कारण त्यही ‘ड्रिम्स’ हो ।
केही साताअघि उनले ‘ड्रिम्स’ को प्रोमो रिलिज कार्यक्रममा भनेका थिए, ‘३० वर्ष निर्माण र अभिनयमा रहँदा यस्तो चलचित्र बने राम्रो हुन्थ्यो भन्ने लागि रहेको थियो । यसअघि पनि अप्रत्यक्ष रूपमा म निर्देशनमा सहभागी थिएँ । यो चलचित्रमा त्यही अनुभव समेटेको छु ।’ उनको उक्त भनाइले ‘ड्रिम्स एकपटक दर्शकले हेरिदिओस्’ भन्ने जनाउँछ । भुवनले ‘ड्रिम्स’ सबै उमेरसमूहका दर्शकले मनपराउने पनि दाबी गरेका छन् ।

IMG_7613
चलचित्रमा अनमोलसँग साम्राज्ञी राज्यलक्ष्मी शाहलाई मुख्य भूमिकामा देख्न सकिने छ । यो चलचित्रको पटकथाकार पत्रकार सामीप्यराज तिमल्सेना हुन् । काजल फिल्म्सको ब्यानरमा निर्मित ‘ड्रिम्स’ मा डा. कपिल रिजाल र भानु फुयालको पनि लागनी छ । काठमाडौं, पोखरा र मुस्ताङमा छायांकन गरिएको यस चलचित्रमा अनमोल र साम्राज्ञीका अलावा दर्शना केसी, सन्ध्या केसी, अमित श्रेष्ठ, न्यान्सी थापालगायतको अभिनय छ । ‘ड्रिम्स’लाई पुरुषोत्तम प्रधान र सञ्जय लामाले खिचेका हुन् ।

Comments