‘हाउ फन्नी’ रिलिज माल्भिकाको डेलिभरी डेट सँगसँगै !
screennepal
प्रकाशित: २०७२, १५ फाल्गुन शनिबार
no img

काठमाडौं । कार्यक्रम चलचित्र ‘हाउ फन्नी’ पत्रकार सम्मेलन तथा प्रोमो रिलिजको हो । तर, कार्यक्रममा चलचित्रकी कार्यकारी निर्माता तथा पूर्वमिस नेपाल माल्भिका सुब्बा आर्कषण बनेकी थिइन् । काराण थियो, माल्भिकाको ‘पे्रगनेन्सी रुप’ । चलचित्रको रिलिज डेट भनिरहँदा माल्भिकाले आफ्ना् डेलिभरीको कुरा पनि छुटाइनन् । ‘यो चलचित्र बैशाख १० बाट निस्किँदैछ’ माल्भिकाले भनिन्, ‘तर, त्योभन्दा अगाडि मेरो पो निस्किने हो कि ।’ उनले आफ्नो डेलिभरी डेट पनि बैशाख १० आसपास नै भएको सुनाइन् ।

DSCF9442
शनिबार चलचित्र ‘हाउ फन्नी’ को राजधानीस्थित राइजिङ मलमा पत्रकार सम्मेलन गर्दै रिलिज डेट सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रको दुई वटा गीत र प्रमोसन प्रोमो पनि देखाइएको थियो । साथै, चलचित्रका कलाकारले चलचित्र सुटिङताकाको आफ्नो अनुभव पनि सुनाए ।
निलुडोमा शेर्पाको निर्देशन रहेको यस चलचित्रमा चेलीबेटी बेचबिखनबारे विषय उठाइएको छ । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, दयाहाङ राई र अनुविक्रम शाहीको मुख्य अभिनय छ । चलचित्रमा डिएसपी तेजबहादुर राई (दयाहाङ राई) लाई नयाँ आपत् आइलाग्छ, धनी बाउकी हराएकी एकमात्र सुपुत्री हिरा (निशा अधिकारी) खोजिदिनुपर्ने आपत् आफ्ना सबै खाले रणनिती फेल खाएर हैरान भएका डिएसपी साप तर अनौठो उपायतिर लाग्छन् । यसैक्रममा दुई अवतारी नारी रमिता कार्की (प्रियंका कार्की) र पुष्पा अधिकारी (केकी अधिकारी) । तर, आँखा भरि सपना अनि मन भरि जोश बोकेर आएका उनीहरु ‘जान्ने सुन्ने भनौदा सहरिया’का भिडमा आफुलाई एकदमै भिन्न अनि हेपिएको पाउँछन्, सुरु हुन्छ रमिता अनि पुष्पाको पहिला हिरा अनि त्यसपछि आफै खोज्ने लडाईँ ।
यिनै दुईको मित्रतामा आउने उतारचढाव अनि आफ्नो पहिचान खोज्ने संघर्षको कथा हो हाउ फन्नी । यस कथामा महिला शशक्तिकरण सम्बन्धी विषयलाई पनि जोड दिइएको छ । निलुडोमाकै कथा र परिकल्पना रहेको यस चलचित्रमा लेखन शान बस्न्यात, निर्माता आङनुरु शेर्पा (फेरिचे), छिरिङलामु शेर्पा र
टासी शेर्पा रहेका छन् । त्यस्तै, सिनेमाटोग्राफर हरी हुमागाई, शिवराम श्रेष्ठ, क्रिएटिभ हेड मन जेम्स (एमजे), संगीत सुरेश अधिकारी, शैलेससिङ, शलेन्द्रश्रेष्ठ, वसन्त सापकोटाको रहेको छ भने कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ ।

Comments