‘पोर्न स्टार’ बन्ने रे ! जो सोसल नेटवर्कबाटै आउट
screennepal
प्रकाशित: २०७२, १४ फाल्गुन शुक्रबार
no img

काठमाडौं । उनी ‘पोर्न स्टार’ बन्छु भन्छिन् अर्थात् ‘एडल्ट हिरोइन’ यही भनाइकै कारण चर्चामा छिन्, महेन्द्र्रनगरकी अर्चना पनेरु । अर्चनाले डृढता नै गरेकी छन्, ‘नेपालमा नभएर विदेश गएरै भएपनि पोर्न स्टार बन्ने ।’ र, उनलाई यो पनि थाहा छ कि, ‘आफ्नो इच्छामा नेपाली समाज बाधक छ ।’ त्यसैले त उनी भन्छिन्, ‘नेपाली सोसाइटीले यस्तो कुरा पचाउन गाह्रो छ किनकि, नेपालमा विकासै भएको छैन र फेसनबारे बुझ्दैन । त्यसैले फरेनमै गएर पनि मेरो एम कम्प्लिट गर्छु ।’ उनले जसरी पनि ‘नेक्केड शो स्टार’ बनेरै छाड्ने बताएकी छन् ।

archana paneru, screennepal
यिनै अर्चना अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरबाट टाढा छिन् । हुन त ‘अर्चना पनेरु’ सर्च गर्दा थुप्रै एकाउन्टहरु भेटिन्छन् । उनको भनाइअनुसार ती सबै ‘नक्कली आइडी’ हुन् । एक अन्तरवार्तामा अर्चनाले भनेकी छन्, ‘अहिले मसँग फेसबुक पनि छैन, बीचमा ट्विटर खोलेकी थिए, अहिले त्यो पनि छैन ।’ फेसबुक र ट्विटर अर्चना आफैले ब्लक गरेकी भने होइन । उनका अनुसार ‘उतैबाट ब्लक’ भएको हो ।

आफ्नो यु–ट्युब च्यानलसमेत नभएको बताउँदै भनेकी छन्, ‘पहिले मेरो फेसबुक थियो तर, मलाई फेसबुक र ट्विटर एकाउन्ट खोल्ने मन पनि छैन ।’ अरुले आफ्नो जस्तोसुकै फोटो तथा भिडियो शेयर गरेपनि आफूलाई बदनाम भएजस्तो नलाग्ने उनले बताएकी छन् । निर्देशक राजु गिरीको आगामी फिल्म ‘जिस्म’मार्फत हिरोइनमा डेब्यु गर्न लागेकी अर्चनाको पूरा अन्तरवार्ता सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments