‘अब चाँडै फिल्ममा पनि देखिने छु’
screennepal
प्रकाशित: २०७२, १४ फाल्गुन शुक्रबार
no img

चार वर्षयता मोडलिङमा सक्रिय छन् दीपक घिमिरे । यहाँसम्म आइपुग्दा उनले दर्जनौ ‘फेसन शो’मा क्याटवाक गरिसकेका छन् । हालै मात्र अमेरिकाको न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन वीक : वल्र्ड फेसन फरेड’ मा यिनै दीपकले  -याम्प नाप्ने अवसर पाए । विश्वका व्यवसायिक मोडलसँग अन्तर्राष्ट्रिय स्टेजमा नेपाली पोषक दौरा–सुलवालमा -याम्पमा प्रस्तुत हुँदाको अनुभव दीपकले यसरी सुनाए, ‘अन्तर्राष्ट्रिय स्टेजमा मादलको तालमा दौरा–सुलवालमा प्रस्तुत हुन पाउँदा ओभर एक्साइटेड्मेन्ट भएँ । त्यतिखेर मलाई नेपाली हुनुमा गर्व महुशुस भएको थियो ।’ -याम्प मोडलिङ र नेपालमा यसको भविष्यबारे मोडल दीपकसँग गरिएको कुराकानी :

deepak1 (2)

-याम्प मोडलिङमा कहिलेदेखि हुनुहुन्छ ?
चार वर्ष भयो । त्यसअघि म इभेन्ट मेनेजमेन्ट गर्थे । हुन त अहिले पनि इभेन्ट गर्दै आएको छु । तर, हिजोआज इभेन्टभन्दा मोडलिङलाई बढी प्राथमिकता दिँदै आएको छु ।
हालै न्युयोर्कमा आयोजित ‘कन्टियर फेसन वीक–२०१६’ मा दौरा–सुलवालमा -याम्पमा प्रस्तुत हुनुभएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुँदाको अनुभव कस्तो भयो ?
पहिलोपटक अन्तर्राष्ट्रिय स्टेजमा -याम्पमा प्रस्तुत हुँदा एकदमै एक्साइटेडमेन्ट भएँ । त्यसमाथि मादलको तालमा नेपाली पोषक दौरा–सुलवालमा प्रस्तुत हुँदा मलाई नेपाली हुनुमा गर्व महशुस भएको थियो ।
स्टेज पर्फमेन्समा के फरक पाउनुभयो नि ?
नेपालमा दर्जनौ -याम्प शोमा म प्रस्तुत भइसकेको छु । -याम्प शोको तौरतरिका विश्वमै प्रायः एउटै किसिमको हुन्छ । फरक भनेको स्टेज र प्राविधिकमा हो । त्यसमाथि ‘कन्टियर फेसन वीक’ विश्वकै एउटा चर्चित शो थियो, जहाँ विश्वका छनोट भएका मोडलहरु थिए । उनीहरुसँग ¥याम्पमा हिड्न पाउनु मेरो मात्र नभएर सम्पूर्ण नेपालीका लागि पनि खुसीको कुरा हो ।

deepak1 (1)
‘कन्टियर फेसन वीक’मा सहभागी हुने अवसर कसरी मिल्यो ?
नभियन्ता म्यागजिनका समिर दौगडाले फर्म ल्याउनुभएको थियो । जम्मा १० वटा फर्म ल्याउँनुभएको रहेछ । त्यसमा मैले पनि फर्म भरेँ । १० मध्येबाट चार जना छनोट भएका थियौं तर अरुको भिषा लागेन । भाग्यले भनुँ, मेरोचाहिँ भिषा लाग्यो ।
दौरा–सुलवालमा प्रस्तुत हुने कसको कनसेप्ट हो ?
त्यो मेरै कन्सेप्ट हो । अन्तर्राष्ट्रिय स्टेजमा अलि फरक देखिन र नेपाली पोषक विश्वसामु चिनाउने उद्देश्यले यस्तो कन्सेप्ट निकालेको हुँ । त्यहाँ उपस्थित धेरैलाई दौरा–सुलवाल नेपालीको राष्ट्रिय पोषक भन्ने थाहा थिएन, त्यसैले मैले आफैले बुझाएँ । जेहोस्, सबैले मेरो सिक्वेन्स मन पराएका थिए ।
तपाईले लगाएको दौरा–सुलवालको डिजाइन र कोरियोग्राफी कसको थियो ?
कोरियोग्राफी पनि मेरो आफ्नै थियो । डिजाइनचाहिँ याकमाण्डुले गरेको थियो ।
नेपालमा -याम्प मोडलिङको भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?
यदि गर्न सक्यो भने राम्रो छ । अहिलेसम्म नेपालमा मोडलहरु आत्मनिर्भर हुन त सकेका छैनन् । तर, मनैबाट लाग्यो भने -याम्प मोडलिङको भविष्य राम्रो देख्छु । यसका लागि हामीले क्वालिटी पनि दिन सक्नुपर्छ ।
फिल्मतिर अभिनय गर्ने सोच छ कि छैन ?
मेरो सपनामध्ये एक हो फिल्मी अभिनय पनि । यदि राम्रो र कर्मसियल फिल्मका लागि प्रस्ताव आएको खण्डमा अभिनय गर्नेछु । केही फिल्मका लागि कुराकानी पनि भइरहेको छ । सायद चाँडै फिल्ममा अभिनय देखिन्छु होला ।

Comments