राजविराज पुगे ‘मेरो देश’ बनाउने टोली
screennepal
प्रकाशित: २०७२, १३ फाल्गुन बिहीबार
no img

काठमाडौं । राजनीतिक खिचातानीले देशको समग्र अवस्था कमजोर भइरहेको बेलामा देशप्रति चिन्ता गर्नेहरु बढ्दै गएका छन् । यसैबेला राष्ट्रियताप्रति समर्पित हुनेहरुको एक समूह भने ‘मेरो देश’ बनाउन लागिरहेका छन् । काठमाडौंबाट सुरु भएको ‘मेरो देश’ बनाउने समूह यतिबेला राजविराज पुगेका छन् । चलचित्र ‘मेरो देश’ ले मुलुकमा प्रजातन्त्र स्थापना भएको दिन फागुन ७ गतेदेखि निर्माणको थालनी गरेको हो । चलचित्रको धुलिखेल, भकुन्डेबसी, नेपालथोक, सिन्धुली, खुर्कोट, बर्दिबास हुँदै राजविराजसम्म छायाँकनको यात्रा तय गरिएको छ ।

dev nepal
चलचित्र नगरीले पनि प्रायः सोचेजस्तो प्रतिफल पाउन नसकेको अवस्थामा निर्माताद्धय प्रभाकर सापकोटा र पार्वती मैनालीले ‘मेरो देश’ बनाउने लागेका हुन् । यस चलचित्रलाई गाउँदेखि शहरसम्म, बच्चादेखि बुढासम्म हरेक नेपालीले हेर्नैपर्ने भनेर प्रचार गरिएको छ । यस चलचित्रको कार्यकारी निर्माता उदय सापकोटा हुन् ।
चलचित्रको लेखन तथा निर्देशन देव नेपालको रहेको छ भने निर शाह, निशा अधिकारी, आयुष रिजाल, प्रज्वल गिरी, एमीश्री, ध्रुव कोइरालालगायतका कलाकारको अभिनय रहने छ । यस चलचित्रमा बीबी अनुरागीले संगीत दिने भएका छन् भने गीत उदय सापकोटा ‘सुरेन’, द्वन्द्व राजुु किराँत, र रविन्द्र बरालको छायांकन रहेको छ । सन्ध्या पौडेलको नृत्य निर्देशन रहेको यस चलचित्रलाई ब्रोसिश इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

Comments