सञ्जयको रिहाईमा कतै स्वागत, कतै विरोध (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, १३ फाल्गुन बिहीबार
no img

मुम्बई, एजेन्सी  । बलिउड अभिनेता सञ्जय दत्त पाँच वर्षको सजायमा केही छुट पाएपछि आज (बिहीबार) बिहान पुणेस्थित यरवदा जेलमा बाहिर आएका छन् । यससँगै सन् १९९३ मा मुम्बईमा भएको बम काण्डको दोषीबाट समेत उनलाई छुटकारा मिलेको छ । सञ्जय जेलबाट बाहिर किस्किँदा उनका आफन्त, साथी र प्रशंसकले जबरदस्त स्वागत गरे । निलो रंगको कमिज र जिन्स पाइन्टमा भएका सञ्जयले हाँस्दै उनीहरुलाई हा हल्याएका थिए । जेलबाट बाहिर निस्किनुअघि ५६ वर्षीय पर्दाका ‘खलनायक’ सञ्जयलाई प्रहरीले सलाम ठोकेका थिए ।

sanjay-dutt_jail26-775x400
समाचारमा जनाइएअनुसारा सञ्जय दत्तलाई यसरी प्रहरीले सलामी दिनुको कारण त्यो एक फिल्मको सीन थियो । निर्देशक राजकुमार हिरानीले सञ्जय दत्तको जीवनमा आधारित एक फिल्म बनाइरहेका छन् । उनी त्यो फिल्मको सीन खिच्न बिहानै त्यहाँ पुगेका थिए ।

sanjay (8)
जेलको आफ्ना सामानका ब्याग र फाइल लिएर आएका सञ्जयलाई बाहिर उनकी पत्नी मान्यता र केही चर्चित कलाकारले गेटमै पर्खिरहेका थिए, जसमा निर्माता÷निर्देशक राजकुमार हिरानी पनि थिए । सञ्जय जेलबाट निस्किन निकै अगाडि नै मान्यता जेलबाहिर पुगेकी थिइन् ।

sanjay (6)
मुम्बईमा सञ्जयको स्वागतका लागि उनको घर सजाइएको थियो । आज बिहान सबेरै ८ बजेर ३७ मिनेटमा सञ्जय दत्त जेलबाट रिहा भएका हुन् । सञ्जय जेलमुक्त हुँदैछन् भन्ने थाहा पाएपछि जेलबाहिर मिडियाकर्मीको भीड लागेको थियो । सञ्जय पनि मिडियासँग कुरा गर्न चाहन्थे, तर प्रहरीले उनलाई रोकेको थियोे । मिडियासँग कुरा गर्न नपाएपनि एयरपोर्ट जाने समयमा उनले फ्यान र समर्थकलाई धन्यबाद दिएका थिए ।

sanjay (4)
सञ्जय दत्तको रिहाईबारे उनकी बहिनी प्रिया दत्तले भनिन्, ‘फाइनली २३ वर्षको पर्खाइ सकिएको छ ।’ सञ्जयको रिहाईअघि केहीले यरवदा जेलबाहिर उनको रिहाईलाई विरोधसमेत गरेका थिए । विरोध गर्नेहरुले ‘सञ्जय दत्त मुर्दाबाद’ जस्ता नारा लगाएका थिए । यसरी विरोध नगरिएको भए सञ्जय ८ महिना अघि नै पनि रिहा हुन सक्थे । उनका विरोधीले ‘देशद्रोही अभिनेता सञ्जय दत्त’ नारा लेखिएको ब्यानर बोकेका थिए ।

sanjay (3)
सञ्जय दत्तले पाँच वर्षको सजायमा यरवदा जेलमा ४२ महिना बिताए । अवैध रुपमा एके–४७ राइफल राखेको भन्दै कारण १९ अप्रिल १९९३ मा पक्राउ उनी परेका थिए ।  सञ्जयको रिहाईबारे बलिउड अभिनेता रजा मुरादले भने, ‘सबै जनताका लागि कानुन बराबर हो । सञ्जय दत्तको गल्तीले उनका परिवारलाई पनि सजायजस्तै भयो ।’

Comments