अनलाइनमार्फत प्रतिभा खोज्न ‘वाट्सप नेपाली तारा’ हुँदै
screennepal
प्रकाशित: २०७२, १२ फाल्गुन बुधबार
no img

काठमाडौं । ‘यो मन त हाम्रो नेपाली हो’ भन्ने नाराका साथ ‘वाट्सप नेपाली तारा’ गायन खोजी प्रतियोगिता हुने भएको छ । अनलाइनमार्फत हुने यो प्रतियोगिता विश्वभरी छरिएर रहेका नेपाली प्रतिभालाई लक्षित गरी गर्न लागिएको बताइएको छ ।

tara
प्रतियोगितको पहिलो अडिसन र दोस्रो अडिसनमा भ्वाइसमा मात्रै गीत गाउनुपर्ने, तेस्रो अडिसनदेखि पाँचौं अडिसनसम्म म्युजिक ट्रयाकमा र ६ र ७औं राउण्डमा भने निर्णायकले दिएकोे गीत गाउनुपर्ने आयोजकले जनाएको छ । त्यस्तै, ८औं राउण्डदेखि फाइनलसम्म भने भिडियो निमाृण गरेर पठाउनुपर्ने नियम प्रतियोगिताको रहेको जनाइएको छ ।
कार्यक्रमको निर्णायकमा कुमार दुमी राई (युएसए), सुमन राई र मनोज साङसङ रहेका छन् भने संयोजकमा संगीता राई, अभिषेक लिम्बु, कोकिल मोक्तान, शम्भू लामा र हर्क भट्टराई छन् । यसका प्रतियोगिता सहभागीका लागि वाट्सपको एप्स डाउनलोड गरि संसारको जुनसुकै ठाउँबाट सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । यसका ००९६६५९४२४०६२७ सम्पर्क नम्बर रहेको छ । फाइनल प्रतियोगिता भने नेपालमै गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

Comments