कसले दियो सलमानलाई मार्ने धम्की ?
screennepal
प्रकाशित: २०७२, ११ फाल्गुन मंगलवार
no img

काठमाडौं । बलिउड स्टार सलमान खानलाई ज्यान मार्ने धम्की दिइएको समाचार सार्वजनिक भएको छ । सलमानलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिइएको हो । प्रहरीले सलमानलाई धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको जनाएको छ । ज्यान मार्ने धम्की सिधैं सलमानलाई नभई फोनबाट प्रहरी नियन्त्रण कक्षमा दिइएको भारतीय मिडियाले जनाएको छ ।

salman
प्रहरीले उक्त धम्की कसैले प्रहरीलाई झुक्याउन गरेको आशंकासमेत गरेको छ । प्रहरीले त्यस्तो शंका गरेको भएपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको जनाइएको छ । प्रहरीले फोन गरिएको स्थान पत्ता लगाइसकेको जनाएको छ भने सलमानको सुरक्षामा कुनै त्रुटि नहोस् भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय प्रहरीले गरेको छ । तर, सलमानलाई मार्ने धम्की कसले दियो भन्नेचाहिँ अहिलेसम्म खुलाइएको छैन । सलमान खानले पछिल्लो समय  ‘प्रेम रतन धन पायो’ र ‘बजरंगी भाईजान’ जस्ता दुई हिट फिल्म दिएका छन् । उनी हाल फिल्म ‘सुल्तान’ को सुटिङमा व्यस्त छन् । -Agency

Comments