यसरी बन्यो ‘पागल केटी’
screennepal
प्रकाशित: २०७२, ११ फाल्गुन मंगलवार
no img

काठमाडौं । यो माया भन्ने चिज कस्तो हो ? कसैले बुझ्नै नसक्ने अनि जसलाई माया गर्यो र विश्वास गर्यो, उसैले साथ छोडेपछि आफ्नो सर्वस्व हरेर अरुकै हात थामेपछि एक नारी मन बिचलित नहोला र ? यस्तै, सेरोफेरोमा मस्तिष्क घुमेपछि अन्तिम उपाय हुन्छ आत्महत्या । यी माथि उल्लेखित कुरालाई उठाएर लघु चलचित्र ‘म्याड गर्ल’ अर्थात पागल केटी निर्माण गरिएको छ ।

dinesh thapa 01
‘म्याड गर्ल’ हाम्रैै समाजको कथालाई बोकेर निर्माण बताइन्छ । एनएचएस मिडियाको प्रस्तुति रहेको यस चलचित्रलाई रामेश्वर हुमागाइँले छायांकन गरेका छन् भने युवराज खत्रीले सम्पादन गरेका छन् । लघु चलचित्र ‘म्याड गर्ल’लाई शंकर अधिकारी ‘घायल’ले लेखेका हुन् । निर्देशन पनि ‘घायल’ले नै गरेका हुन् । चलचित्रमा पत्रकार दिनेश थापा, उषा बस्नेत, युवराज खत्री, पार्वती कुमाल र टेक अधिकारीको अभिनय रहेको छ ।

Comments